• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हामी पनि त्यही बाटो जाँदैछौं, आमा!

दिनानाथ श्रेष्ठ बिहीबार, साउन २९, २०७७  १८:०६
1140x725
क्रिस्टफ (दायाँ) र उनकी आमा (अगाडि) स्तम्भकारका साथमा।

पेरिसबाट करिब पाँच सय किलोमिटर पूर्व सेन्ट नजाइरमा मेरा मित्रहरू क्रिस्टफ र उनकी श्रीमती सोफीसँग केही दिन बिताएपछि म र मेरी श्रीमतीलाई पुरातात्विक, ऐतिहाँसिक चर्च मन्ट सेन्ट मिखाइल घुमाउन लाँदैछन्। हामी बसेको स्थान सेन्ट नजाइरबाट करिब २५० किलोमिटर उत्तरतर्फ यात्रा गरिसकेपछि क्रिस्टफले कार बाटो छेउमा 'साइड' लगाएर पार्किङ गरे। बाटोमा पर्ने भएकोले उनको आमाको घरमा पनि लगे। 

गेटभित्र पस्ने बित्तिकै दुबोले ढाकिएको सानो बगैंचा। वरिपरि पर्खालमा अढेस लगाएर उभिएका फूलका बोटहरू। स्याहारसुसार नपुगेरै होला बगैंचामा झार उम्रेका थियो। टाटेपाटे हुनेगरि दुबो सुकेको थियो। बेसहारा भएर फूलका बोट लडेका थिए। बगैंचासँगै सानो घर, भुईतल्ले। यी दृश्य नियाल्दै गर्दा सो घरको ढोकामा वृद्ध महिला ह्विलचेयरमा आइपुग्छिन्। उनको दायाँ हातले ह्विलचेयरको पाङ्ग्रा र बायाँहातले ढोकाको खापा समाएका हुन्छन्। टेक्ने लट्ठी काख छ। 

क्रिस्टफकी आमाको घर।

मुहार हेर्दा लाग्थ्यो, उनी लामो समयदेखि विदेशिएको छोरा फर्की आउने आशा लिएर सधैं यसैगरी एक हातले ह्विल चेयर र अर्को हातले खापा समातेर बसिरहेकी हुन्छन्। अथवा हुन सक्छ, आज उनलाई भेट्न छोरा आउने थाहा छ, त्यसैले बिहानैदेखि छोराले गेटको खापा धकेलेर भित्र पस्ने क्षण कुरिरहेकी थिइन्। 

छोरालाई देख्नेबित्तिकै वृद्धाको अनुहारमा उज्यालो चमक आयो। मानौं, लामो समयपछि प्यारो छोरा विदेशबाट 'आमा’ भन्दै ढोकाबाट छिरेको छ। छोराको स्वागतको लागि बृद्धाले दुवै हात फैलाइन्। ह्विल चेयरबाट उठ्ने प्रयास गरिन्। सकिनन्। हामीसँगै गएका हाम्रा साथी उनका छाराले हतारिएर आमालाई समाए। आमाले दुवै गालामा म्वाईं खान्छिन्। छोराको टाउको काखमा राख्छिन्। कपाल सुम्सुम्याउँछिन्। आखिर आमा त आमा नै हो। जुनसुकै देशको किन नहोस्। जुनसुकै भेषको किन नहोस्। जुनसुकै प्राणीको किन नहोस्। 

छोराले विस्तारै आमाको काखबाट टाउको उचालेर हामीतिर इशारा गर्दै हाम्रो परिचय गराउँछन्। म दुई हात जोडेर नमस्कार गर्छु। आमा अल्मिलिन्छिन्। छोराले नमस्कार गर्न सिकाउँछन्। आमाले हात जोडेर नमस्कार गर्दैभित्र आउन संकेत गर्छिन्। ह्विल चेयर ब्याक गरेर भित्र पस्ने बाटो छोडिदिन्छिन्। 

कोठा धेरै ठूलो छैन। १०० वर्गफिट भन्दा केही बढी मात्र होला। एउटा भित्तामा बडेमानको एलइडी टेलिभिजन टाँगिएको छ। अर्को भित्तामा फोटोहरु टाँगिएका छन्। त्यसमध्ये एउटा बीचको एउटा फोटोको साइज अलि ठूलो छ। बीस वर्ष जतिको लक्का जवान केटाको फोटो। जिन्सको ज्याकेट लगाएको। कान छोप्ने गरी लामो कपाल। एउटा कुनामा सानो टेबल‍मा ल्यापटप छ। एक सेट आकर्षक सोफा। एउटा अस्वभाविक देखिने सिंगल सोफा छ। सोफामै एउटा रिमोट पनि छ। म नियाल्न मग्न थिएँ।

क्रिस्टफकी आमाको घरको भित्तामा झुन्ड्याइका तस्बिरहरू।

मेरो मित्रले मेरो जिज्ञासा बुझेछन्। सोफामा राखिएको रिमोट हातमा लिएर सोफामा बसे। रिमोट थिच्दै मलाई देखाउन थाले। उनले रिमोटमा औंला चलाएसंगै सोफा घरि अग्लो हुन्थ्यो घरि होचो हुन्थ्यो। ढाड अड्याउने पछाडिको भाग घरि ९० डिग्रीमा ठडिन्थ्यो त घरि पछाडि धकेलिएर बेड जस्तै हुन्थ्यो। बुढी आमाको आवश्यकता अनुसार बस्न, अढेस लगाएर ढल्कन र सुत्न समेत मिल्ने खालको सोफा रहेछ। 

क्रिस्टफ समक्ष अनुमति मागेको शैलीमा जिज्ञासा राखें, 'अरु कोठा पनि हेर्न मन लाग्यो।’ उनले सहजै ओके भने। तर मैँले आमाको अनुमति लिइदिनुहोस् भनेर अनुरोध गरें। उनले आफ्नी आमासँग फ्रेन्च भाषामै केके कुरा गरे। आमाले मुस्कान सहित जाऊ’ भनेर इशारा गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

एउटा किचेन, एउटा शौचालयसहितको बाथरुम, दुइओटा बेड रहेछन्। चटक्क सफा बाथरुममा एउटा आकर्षक सेतो रंगको र्‍याकमा के राखिएको त थाहा भएन। र्‍याकको बाहिर फरक रंगका तीन ओटा तौलिया झुण्ड्याइका छन्। सेतो आकर्षक ड्रेसिङ टेबलमा धेरै थरि  शृंगारका सामग्री छन्। तातोपानी चिसोपानीको व्यवस्था त हुने नै भयो। बुढी आमालाई बसेर नुहाउन मिल्ने गरी आरामदायी कुर्ची पनि छ।

क्रिस्टफकी आमा बस्ने घरको बाथरुम।

अर्कोकोठामा दुइओटा बेड छन्। झ्यालमा सेतो पारदर्शी पर्दा छ। दुइओटा बेडको बीचमा एउटा होचो टेबल छ। क्रिस्टफ त्यहीँ आइपुगे र भने, 'एउटा बेड मेरो, एउटा मेरो भाइको।’ मैले सोध्छु भन्ने शायद उनलाई थाहा थियो। सोध्न नपाउँदै भनिहाले।

अर्को कोठा। बुढी आमै सुत्ने कोठा। आरामदायी पलङ। कोठाको बीच भागमा राखिएको। उत्तरतिरको भित्तामा आकर्षक काठको दराज छ। दक्षिण पट्टी बेडसरहको अग्लो टेबलमा ठूलो एलइडी टेलिभिजन छ। म्युजिक सिस्टम छ। बेडसँगै एउटा टेबलमा पानीले भरिएको बोतलसंगै टेलिभिजनको रिमोट छ। रिमोटसँगै त्यही केटाको फोटो स्ट्यान्डसहितको फ्रेममा अडेस लगाएर बसेको छ। फोटोले ओछ्यानको सिरानीतिर हेरिरहेको थियो। ठूलो साइजको त्यस्तै फोटो भित्तामा पनि झुन्ड्याइएको छ।

मैले कहिले फित्तामा त कहिले टेबलमा राखिएको फोटो हेर्न थालेको देखेर क्रिस्टफले भने, 'मेरो आमाका तीन छोरा थिए। म माहिलो। यो फोटो मेरो दाजुको हो। अठार वर्षको हुँदा कार दुर्घटनामा बिते। आमाबुबासँग अलग नहुँदै मृत्यु भएकोले होला, मेरी आमा उसलाई धेरै याद गर्नुहुन्छ। त्यही भएर सबै कोठामा उसको फोटो राख्नुभएको छ।’ उनको दाजुको बारेमा थप प्रश्न सोध्न हिम्मत गर्न सकिनँ।

अनि यो आमाको बेडमाथि हस्पिटलमा जस्तै स्ट्यान्ड लगाएर ह्याङ्गर झुन्ड्याइएको चाहिँ किन नि?’ मेरो जिज्ञासामा क्रिस्टफले भने, 'मेरी आमा ८४ वर्ष पुग्नुभयो। उहाँलाई बिहान बेडबाट उठ्न गाह्रो हुन्छ। यही ह्याङ्गर समाएर बिस्तारै उठ्नुहुन्छ।’ मेरो जिउ सिरिङ्ग भयो। 

क्रिस्टफकी आमाको बेडरुम।

'मतलब आमा एक्लै बस्नुहुन्छ,' मैले सोधेँ। 

'हो। बुबा बितेपछि बाह्र वर्षदेखि मेरी आमा एक्लै हुनुहुन्छ। म यहाँबाट २५० किलोमिटर दक्षिणमा बस्छु। मेरो भाइ ३०० किलोमिटर पश्चिममा बस्छ। अठार वर्ष पूरा भएपछि फ्रान्समा छोराछोरी आमाबुबासँग बस्दैनन्। अझ यतै कतै नजिकै पनि बस्दैनन्। सयौं किलोमिटर टाढा गएर बस्छन्। यो अर्थमा फ्रान्स नेपालभन्दा धेरै फरक छ। वृद्ध अवस्थामा श्रीमान् वा श्रीमतीको मृत्यु भएपछि बाँकी जीवन एक्लै काट्नुको विकल्प हामीसँग हुन्न,’  उनले उत्तर दिए। 

क्रिस्टफलाई आमाको धेरै माया लाग्छ। त्यही भएर महिनाको एकचोटी भेट्न आउँछन्। उनका भाइ पनि आउँछन्। दुई या तीन महिनाको एक पटक। छोराहरुले खर्च दिनुपर्दैन। आमाको पेन्सन पनि राम्रो आउँछ। खर्च गर्ने पैसाको कुनै खाँचो छैन। दैनिक होटलबाट तयारी खाना आउँछ। 

हप्तामा तीन दिन सरसफाइ गर्ने एक जना महिला आउँछिन्। वासिङ मेसिनमा लुगा धुन्छिन्। घर र भाँडाकुँडाको सरसफाइ गर्छिन्। बूढी आमालाई नुहाइदिन्छिन्। जान्छिन्। प्रत्येक दिन स्वास्थ्य जाँच गर्नको लागि एकजना नर्स आउँछिन्। स्वास्थ्य परीक्षण गर्छिन्। जान्छिन्। बाँकी समय ती आमा एक्लै हुन्छिन्। 

दिनानाथ श्रेष्ठ, लेखक

बल्ल बुझें। ह्विल चेयर त शारीरिक अपाङ्गताको कारणले होइन रहेछ, बुढ्यौलीका कारण उभिएर हिँडडुल गर्न नसक्ने भएकोले बसेर ओहोरदोहोर गर्नको सजिलोको लागि रहेछ। यी आमासँग सुखसुविधा सबथोक छ। तर बेलुकी ओछ्यानमा सुताइदिने कोही छैन। बिहान ओछ्यानबाट उठाइदिने कोही छैन। पानी तताएर खान दिने कोही छैन। ह्विल चेयरमा बस्दाबस्दा अत्यासलाग्दा बोलिदिने मान्छे कोही छैन। छरछिमेकमा वल्लोपल्लो घर आउजाउ गर्ने चलनै छैन। उनीसँग सबथोक छ। तर साथमा कोही छैन। 

बेलुकी ह्विल चेयरबाट बेडमा सर्न कति सकस हुँदो हो। बेडमा पुगेर आँखा चिम्लेर लामो सास लिँदी हुन्। बुढेसकालमा निद्रा त्यति छिटो के आउँथ्यो होला र! त्यही छोराको फोटोसँग आधारातसम्म कुरा गर्दी हुन्। कहिले जवानीमा बिताएका रमाइला कुराहरू सम्झिँदी हुन्। छोराको बाबालाई पहिलो पटक कहाँ भेटेको बताउँदी हुन्। दुःखका कुरा गर्दी हुन्। सुखका कुरा गर्दी हुन्। उनी तीन वर्षको हुँदा दोस्रो विश्वयुद्ध सुरु भएको, नौ वर्षको हुँदा अन्त्य भएको कुरामा मन भुलाउँदी हुन्। आफ्नी आमाले सुनाएका युद्धका कहालीलाग्दा कथा भन्दी हुन्। आमा! तिमी आफ्नो प्यारो मृत छोराको फोटोलाई तिमी केके भन्छ्यौ त्यो त मलाई थाहा छैन तर यो पक्कै भन्दिनौँ, 'बाबु तँ भएको भए मेरो स्याहार गर्थिस्।' किनकि यो युरोपेली संस्कृति हो। यहाँ १८ वर्ष पुगेपछि कोही पनि छोराछोरी आमाबुबासँग बस्दैनन्। 

सबैजना किचनमा जम्मा भयौं। पकाउने मान्छे कोही छैन भनेर होला। क्रिस्टफ र सोफीले घरबाटै खाना तयार गरेर ल्याएका थिए। खानाको स्वादमा मेरो मन भुलिएन। कति पछि आमाछोरा गफ गर्न पाएका थिए। डिस्टर्ब गर्न पनि मन लागेन।

000

उनीहरुको संवादले एकछिन विश्राम गरेको छेको पारेर साथीलाई भनें, क्रिस्टफ! आमा धेरै बूढी भइसक्नुभएको रहेछ। तिमीले सँगै लगेर आफूसंगै राख्न मिल्दैन?’

क्रिस्टफले हाँस्दै भने, 'मेरो प्यारो साथी, यो नेपाल होइन। फ्रान्स हो। तिम्रो घरमा जाँदा तिम्री आमाले खाना पकाइन्। तिम्री भाइबुहारीले हामीलाई खाना दिइन्। तिम्रा छोराहरुसँग हामी खेल्यौं। नेपालमा जस्तो तीन पुस्ता, चार पुस्ता एउटै भान्छामा खाने चलन यता छैन। न म मेरी आमालाई मसँगै हिंड्नुहोस् भन्न सक्छु। न मैले भनेकै भरमा उहाँ मसँग जानुहुन्छ। यताको चलनअनुसार छोराछारीसँग बस्नु आमाबुबाको लागि राम्रो होइन। आमाबुबासँग बस्नु छोराछोरीको लागि राम्रो होइन। एक्लै बस्नुको एउटा विकल्प वृद्धाश्रम हो। तर आमा मान्नुहुन्न। म मेरै घरमा मर्छु भन्नुहुन्छ।’ 

फेरि आमाछोरा कुरा गर्न थाले। आमाले मतिर हेर्दै केही सोधेजस्तो लाग्यो। मैले क्रिस्टफलाई हेरें।

'नेपाल र फ्रान्समा के फरक छ रे,’ क्रिस्टफकी आमाले मलाई प्रश्न सोध्नु भएको रहेछ। 

'नेपालमा बुढाबुढीसाग पैसा हुन्न। तर छोरानाती सँगै हुन्छन्। फ्रान्समा बुढाबुढीसँग पैसा हुन्छ तर छोरानाती सँगै हुन्नन्। फरक यत्ती हो आमा,’ मैले भनेको उत्तर क्रिस्टफले उल्था गरेर सुनाए। 

'यता बुढेसकालको जीवन साह्रै गाह्रो छ बाबु,’ क्रिस्टफकी आमाले भुईंतिर हेर्दै मलाई उत्तर दिइन्।

मलाई ती आमासँग दिनभर गफ गरेर बस्न मन छ। सहारा दिएर दुईचार पाइला हिँडाउने मन छ। बेलुकी आफ्नै हातले पकाएर दालभात खुवाउने मन छ। ह्विल चेयरबाट ओछ्यानमा सुताइदिने मन छ। बिहान ओछ्यानबाट उठाएर ह्विलचेयरमा बसाइदिने मन छ। यतिकैमा क्रिस्टफले भने, 'अब ढिला नगरौं। नत्र बेलुकी घर पुग्न गाह्रो पर्छ।’

बिदावारी हुनेबेला त्यहाँको परम्पराअनुसार ती आमाले अँगालो मारेर हाम्रो गालामा चुम्छिन्। गह्रुँगो मन लिएर म गेटतिर प्रस्थान गर्छु। फर्केर नहेरी मन मानेन। आमा त खापाको भर लिएर ढोकामा उभिएर बिदाइको हात हल्लाउँदै थिइन्।

हामीलाई बिदाइ गर्दै क्रिस्टफकी आमा।

क्रिस्टफ गेटबाटै कराए, 'आमा! अर्को महिना आउँछु है।’

मेरो उदास अनुहार देखेर होला। कारमा बस्ने बित्तिकै क्रिस्टफले स्विच थिच्यो। बब मार्ले गाउन थाल्छन्, 'आई वान्ना लभ यु एभ्री डे एन्ड एभ्री नाइट...।’ 

म झसंग हुन्छु, मैले बुढीआमालाई सत्य भनेँ कि अर्धसत्य?’

फर्केर फेरि बुढीआमालाई भेट्न मन लाग्छ। भन्न मन लाग्छ, 'आमा! मैले अघि जेजे भनें ती पूर्ण सत्य होइनन्। नेपालमा सबै आमाबुबा छोरानातीसँग छैनन्। धेरै आमाहरू एक्लै छन्। धेरै बुबाहरू पनि एक्लै छन्। नेपालमा धेरै अग्ला घरहरुमा आमाबुबाहरू अटाएका छैनन्। वृद्धाश्रमहरू बढ्दै छन्। हामी पनि त्यही बाटो जाँदैछौं आमा!’ 

सबै तस्बिर : दिनानाथ श्रेष्ठ

(चाँगुनारायण नगरपालिका–७, भक्तपुर)

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्