• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सिंहदरबारद्वारा नियन्त्रित जीवन

सत्यराज जोशी  शनिबार, साउन २४, २०७७  १८:५२
1140x725

जीवन छोटो पनि छैन, न त अनन्त नै छ! उर्फ, जहिले पनि मध्यमार्गी भएर जिउनुपर्ने वर्तमान आफैंमा विग्रही हुँदोरहेछ। विग्रहले सधैं विद्रोह जन्माउछ भन्ने छैन, तथापि इतिहास निर्माणको लागि `रेस्नल´ विद्रोह आवश्यक छ। इतिहास सत्यको एक हिस्सा हुँदोरहेछ भने भविष्यले इतिहास निर्माणका लागि मार्ग बनाउने काम गर्दोरहेछ। वर्तमान त फगत 'न भूतो न भविष्यति' बीचको शास्वत भोगाइ पो रहेछ। यिनै भोगाइबीचको नियतिभित्र हुर्किएको सिंहदरबारभित्रको वर्तमान अवस्थालाई यस आलेखमा चित्रण गर्ने प्रयास गरेको छु, चिरफार गर्ने काम तपाईंहरूकै।

जीवनमा भोगिएका धेरै कुराहरू बिर्सन सकिँदैन। नियतिले बिर्सन दिँदैन त्यस्ता कुरालाई। यस्तै नियतिको तुवाँलोभित्र बिर्सन नसकेको एउटा जीवन हो, सिंहदरबारद्वारा नियन्त्रित जीवन।

जब म सानो थिए, मेरो पिताजीको रेडियोमा मिठो धुन/आवाज आउथ्यो, 'यो रेडियो नेपाल हो। हामी केन्द्रीय प्रसारण सिंहदरबारबाट बोलिरहेका छौं। ...बाट साँझ/बिहान सात/नौ...बजेको समाचार सुन्नुहोस्।' समाचार श्रवण हाम्रो घर-परिवारको लागि दैनिकीकै एक प्रमुख हिस्सा थियो। रेडियोमा समाचार आउने समय हामी कसैले पनि हल्ला गर्न नपाउने। समाचारहरूलाई ध्यानपूर्वक सुन्नुपर्ने र शान्तपूर्वक बस्नुपर्ने कठोर नियम थियो पिताजीको। 

बालकुमारीदेवीले भनिछन्, 'स्वामी! त्यो बाघदरबार हो भने हाम्रो दरबारको नाम सिंहदरबार राख्नुपर्छ।' चरम महत्वाकांक्षी भनिएका चन्द्रशमशेरलाई उनको सुझाव सही लागेछ- 'बाघको पनि राजा सिंह' बस्ने दरबार।

घरभित्र त्यो समय एक प्रकारको मौनता हुन्थ्यो। हामी कोही कसैसँग बोल्दैनथ्यौँ। प्रायःजसो रेडियोमा बज्ने समाचारहरू; आज भएको दोहोरो भिडन्तमा परी 'यति' जनाको मृत्यु, 'यति' घाइते र यति जना बेपत्ता। राजधानीको मुटुमा बम बिष्फोट, गोरखाका शिक्षक अपहरण, मधेसमा ३ दिनदेखि कर्फ्यू जारी, एम्बुसमा परेर २ महिनाको अबोध शिशुसहित एकै परिवारका ४ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा विद्रोहीलाई वार्तामा आउन आह्वान, विद्रोही नेताद्वारा देश गणतन्त्र नजिक पुगेको विज्ञप्ति जारी, राजाद्वारा सबै नेपालीलाई एकताबद्ध र राष्ट्र निर्माणमा गोलबद्ध हुन आह्वान आदि/इत्यादि। 

शान्तिपूर्वक रहनू भन्ने पिताजीको आदेश त हुन्थ्यो तर रेडियोमा ती समाचारहरू सुन्दै गर्दा मेरो बाल मस्तिष्कमा सानैदेखि शान्तिपूर्वक रहने वातावरण कहिल्यै उत्पन्न भएन भनौं वा मैले अनुभुति गर्न सकिनँ। म अचम्ममा पर्थेँ। एकप्रकारको उग्र चिच्याहट, बेचैन र त्रासदी पैदा हुन्थ्यो मनमा! आखिर किन मान्छेले मान्छे मारेका होलान्? बम विस्फोट किन गराएका होलान्? किन मान्छेको अपहरण गरेका होलान्? गोरखाका शिक्षकजस्तै कतै पिताजीलाई पनि अपहरण त गर्ने होइनन्? जस्ता अनेकौं प्रश्न/जिज्ञासाहरू मनमा खेलिरहन्थे। त्यसैले होला घरीघरी पिताजीको रेडियो नजिक गएर ति मानिसहरू कहाँ छन् भनेर म तारन्तार हेर्थेँ। 

बिहान घरबाट शिक्षा दिन स्कुल निस्केको शिक्षकको निर्ममतापूर्वक हत्या भएका समाचार सुनिन्थे। कारण, स्वतन्त्रता, समानता र वर्गविहीन समाज निर्माणका लागि रे! यस्तो समाज निर्माणका लागि युद्ध उत्तम विकल्प ठानियो। युद्धमा सबैकुरा जायज थियो। रोजीरोटीको लागी परदेश हिँडेकाहरू एम्बुसमा परेर खरानी भएका समाचार सुनिन्थे। कारण, युद्धको नजरमा सबै दोषी नै हुन्थे। मानवीयता, शान्ति र संवेदना खोक्रो आदर्श। बाटो देखाएको निउमा घाँटी रेटिए, आँखा फुटाइए, हात काटिए। कारण थियो- यी सबै कुकृत्य क्षमायोग्य छन्। अग्रगमनतिरको यात्राका लागि। तर म यी कुरासँग कहिल्यै सहमत हुन सकिनँ। 

एकदिन मैले मेरो पिताजी लाई हिम्मत गरेर सोधेँ- बाबा यो बोल्ने मान्छे को हो? 
पिताजी : रेडियो नेपालको मान्छे हो। 
म : अनि कहाँ छ बाबा यो रेडियो नेपाल? 
पिताजी : सिंहदरबारमा।
म : बाबा यिनले मान्छे चाँहि किन मारेका?
पिताजी: केहीले नयाँ जनवादी सत्ता ल्याउन रे? अनि केहीले सिंहदरबारको सत्ता जोगाउन रे! 
सिंहदरबार! 
बाल मानसपटलमै गहिरो प्रभाव पारेको नाम। एक नाम, अनेक छाप! कसैले भन्थे- ठूला मान्छेहरू बस्ने दरवार हो रे। श्री ३ राणाजीहरुले बनाएको रे। कतिपय मेरा स्कुलले जीवनका साथीहरूले त त्यहाँ महाराजाधिराज पनि बस्थे भन्थे। कतिपयले अब त्यो ठाउँ खाली गर्न केही मान्छेहरू हातहतियार, गोलीगट्ठा र रक्तिम अभिवादनको झण्डासहित जङ्गल पसेका छन् पनि भन्थे।

Ncell 2
Ncell 2
nimb
nimb

सिंहदरबारबाट निर्देशित जीवन बुझ्न काठमाडौं खाल्डोकै रैथाने हुनैपर्छ जस्तो मलाई लाग्दैन।  अझैपनि बहुसंख्यक नेपालीहरुलाई सिंहदरबारको भौतिक स्वरुप के-कस्तो छ थाहै छैन। तरपनि, हरेक नेपालीको मनमा आ-आफ्नै आकृति, बुझाई र दृष्टिकोण छ सिंहदरबारको बारेमा। 

इतिहास तिरै फर्कौं। एकछिन सन् १९०३ पछिका कुरा गरौं।

इतिहासकार पुरुषोत्तम शमशेर राणाद्वारा लिखित 'राणाकालीन ऐतिहासिक दरबार'मा उल्लेख भए बमोजिम राणा प्रधानमन्त्री चन्द्रशमशेरले फ्रान्सको भर्सेलेज दरबारबाट प्रभावित भएर आफ्नो लागि पनि त्यस्तै एउटा दरवार निर्माण गर्ने सोच बनाएछन्। त्यसका लागि उनले प्रतिरोपनी ९० रूपैयाँका दरले ३५० रोपनी सरकारी जमिन नेपाल सरकारबाट खरिद गरेछन्। निर्माण कार्य सुरू भयो। निर्माण कार्य सुरू भएको एकवर्ष भित्र नै उनको सपना/सोच पनि पूरा भयो र बन्यो १७ सय कोठासहितको तत्कालीन अवस्थामा एसियाभरिकै सबैभन्दा ठूलो, सबैभन्दा भव्य र सबैभन्दा शालिन दरवार।

अब पालो आयो नामाकरणको। यहाँ पनि एउटा रोचक प्रसङ्ग छ। एकदिनको कुरा- चन्द्र शमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारीलाई साथमा लिएर नवनिर्मित दरबारको कौसीमा पुगेछन्। त्यहाँबाट चन्द्र शमशेरले ‘ऊ बाघदरबार' (हाल काठमाडौ महानगरपालिका रहेको क्षेत्र) भन्दै चोरऔंलाले औल्याएर आफ्नी रानीलाई देखाएछन्। बालकुमारीदेवीले भनिछन्, 'स्वामी! त्यो बाघदरबार हो भने हाम्रो दरबारको नाम सिंहदरबार राख्नुपर्छ।' चरम महत्वाकांक्षी भनिएका चन्द्रशमशेरलाई उनको सुझाव सही लागेछ। 'बाघको पनि राजा सिंह' बस्ने दरबार भन्ने उक्तिबाट सुरु भयो सिंहदरबारको न्वारान।

अब प्रवेश गरौं सिंहदरबारको स्वामित्व हस्तान्तरणको। नामाकरण नै 'बाघको पनि राजा सिंह' मनोविज्ञानबाट सुरु भएको सिंहदरबार नेपाली समाजको चरित्र चित्रण गर्ने आफैंमा एक शसक्त बिम्ब हो। वि.स. १९२५ मा राणा प्रधानमन्त्री जंगबहादुरले देशदुनियाँ बोलाई टुँडिखेलको खरीको रुखको चौतारामुनि ठूलो भेला गराएछन्। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले ऐतिहासिक घोषणा गर्दै भनेछन्-' देशमा संकटकालीन अवस्था आई परेमा, दैवीप्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नू अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु।' 

गर्भमै कमिसन, शक्ति र सत्ताको भोक लिएर जन्मेको सिंहदरबारभित्रको जीवनको नियति आज पनि उस्तै छ। 'रात रहे अग्राख पलाउँछ' भनिन्छ तर सिंहदरबारभित्रको जीवन पलाउन दिनको उज्यालो नै काफी छ।

भनिन्छ इतिहास निर्मम हुन्छ। हो यस्तै निर्मम इतिहासको एक नाङ्गो प्रतिबिम्ब हो सिंहदरबारको जन्म। जंगबहादुरले सुरु गरेको राष्ट्रिय ढुकुटी (जसलाई पछि कौसी तोषाखाना भनिन्थ्यो) बाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेछन् र १ करोड ५० लाख भन्दा बढी 'लागत कमिसन' लिएर सिंहदरबार नेपाल सरकारलाई बेचिदिएका रहेछन्। यहीँबाट सुरु भयो देशमा कमिसन/घुसखोरीको नयाँयुग। अर्थात्, 'बाघको राजा सिंह' बन्ने युग।

गर्भमै कमिसन, शक्ति र सत्ताको भोक लिएर जन्मेको सिंहदरबारभित्रको जीवनको नियति आज पनि उस्तै छ। 'रात रहे अग्राख पलाउँछ' भनिन्छ तर सिंहदरबारभित्रको जीवन पलाउन दिनको उज्यालो नै काफी छ। एकदशक अगाडिसम्म १७ हजार मान्छे मारिए सिंहदरबार सुधार्ने नाममा। सिंहदरबार भित्रको सत्ता, पहुँच र शक्ति बदल्ने नाममा। सयौं नागरिक अहिले पनि बेपत्ता छन्। कयौं अङ्गभङ्ग छन्। 

तर, नियतिको परिबन्ध न हो, सिंहदरबार भित्रका सिंहहरूमा कुनै परिवर्तन आएन। बरु झन्झन् विकृत अवतार देखिन थालेको छ। हिजो, 'सिंहदरबार गाउँगाउँमा, सरकार ठाउँठाउँमा' भन्ने रातारातको ब्रह्मास्त्रले देश संघात्मक प्रणालीमा जाँदै गर्दा हामीले केवल तिनै श्री ३ राणाहरुले निर्माण गरेका सिंहदरबार भित्रका पुराना मक्कानिएका दरबार मात्र देख्यौं। तर, निर्जीव सिंहदरबारभित्रको सजीव वास्तविकता, वाञ्छा र मनोविज्ञान बुझ्न सकेनौं। बिर्सनै नहुने/नसकिने तथ्य के छ भने प्राय:जसो बिसौं शताब्दीतिर निर्मित ती दरबार भौतिक रूपमा निर्जीव भएपनि त्यो भित्रको शक्ति, स्रोत, सत्ता र अधिकार प्रयोग गर्ने पात्र तथा संयन्त्रहरुको चरित्र, चिन्तन एवम् व्यवहार आजपनि विल्कुल चन्द्र शमसेरको जस्तै छ। त्यो भन्दा पनि कुरुप अवतार आज हाम्रो सामु छ। 

एकछिन सिंहदरबार भित्रकै पात्रको छलफल गरौं। साँच्ची को-को बस्छन् सिंहदरबारमा? सकस लिनु परेन। नेपाल देशका शासक बस्छन्, प्रशासक बस्छन्, नेता बस्छन्, गणनेता बस्छन्, तिनीहरुका कार्यकर्ता बस्छन् र बस्छन् तिनीहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु। अरु त सबै एक दिन काम विशेषले जानैपर्ने भए नेपाली नागरिकताको परिचयपत्र र भित्रको शासक/प्रशासकको 'पास' प्राप्त गरेपछि मात्र जाने न हुन्। 

तैपनि, विचित्रको छ सिंहदरबार। साँच्चिकै सिंहजस्तो। यही बीचमा सिंहदरबार भित्रको राजनीतिक जिवनमा पनि नयाँ-नयाँ व्यवस्था/परिवर्तनहरू आए। नयाँ-नयाँ विधानहरू आए, नवीन प्रणालीहरू आए। अनगिन्ती कानुनहरू आए, सात-सात वटा संविधान आए। तर आज, सिंहदरबारभित्रको जीवनका लागि गणतन्त्र, धर्म (कर्म धारण) विहीनता र संघीयता तीन वटै नवीन नक्षत्र पल्लवित छन्। परन्तु, सिंहदरबार भित्रको जीवनशैली उस्तै छ, बिल्कुलै चन्द शमशेरको पालाको जस्तो। अझ डरलाग्दो त्यहाँ भित्रको चरित्रचिन्तन प्रणाली उस्तै छ। हरेकमा नाफा र कमिसनको खोजी गर्ने चिन्तन। हरेकमा 'बाघको पनि राजा सिंह' बन्ने चिन्तन। चन्द्र शमसेरको भन्दा पनि उग्र चिन्तन।

सिंहदरबारले हरेकको जीवन वर्गीय देख्छ। सानो/कमजोर वर्गको जीवन उसले चिन्दैन। चिने पनि उसले बुझ्दैन। बुझे पनि उसले प्रतिकार गर्दैन। प्रतिकार गरे पनि उसले हृदयंगम गर्दैन। सायद उसलाई लाग्दो हो, हामी जे गर्दैछौँ, ठीक गर्दैछौँ। जे गर्ने हो, हामीले नै गर्ने हो। हरेक जीवनका आफ्ना विशेषता, सौन्दर्य, सार र सीमा हुन्छन् भन्ने कुरा उसले बुझ्दैन। र उसले बुझ्दैन, 'सिंहमेव जयते'को वास्तविक प्रतिबिम्ब ऊ स्वयं आफैं हो। तथापि, दिनप्रतिदिन नयाँ-नयाँ सिकारको खोजी गरिरहन्छ। 

यी त सब खुद्रा कुरा भए। यस्ता कुरा सिंहदरबारका लागि स्वाभाविक हुन्। छल, कपट, चाप्लुसी, मनोगत बिम्बहरूको अपारदर्शी प्रयोग, पर्दाभित्रका रंगिन कार्यप्रणाली, जवाफदेहिताको जवाफहीन गन्तव्य, पेसागत करारको उल्लंघन, सार्वजनिक पदको व्यक्तिगत दुरुपयोग, प्रचलित मूल्य-मान्यता र सामाजिक व्यवहार प्रतिकूल आचरण, आफू र आफ्नो परिवार अनुकुलका ऐन कानून तथा अध्यादेश, `मेरो म, राम्रो म´को प्रयोग, खोक्रो आदर्शवादी ढोँगी प्रवृत्ति सिंहदरबारबाट जन्मिने 'न्यारेटिभ' हुन्। यिनिहरू नै पुष्पित हुन्छन् यहाँभित्र, यिनीहरू नै फक्रन्छन् र यिनिहरू नै पल्लवित हुन्छन्। यी होलसेल कुराबाहेक अरु निषिद्ध छ यहाँ। 

कोरोना कहरले सारा संसार आक्रान्त भइरहेको पृष्ठभूमिमा सिंहदरबार भित्रको जीवन भने एकपटक फेरि सिंह अवतारमा प्रकट हुन खोजेको देखिन्छ।

यसैबीच कोरोना नामको नयाँ महामारी आयो र आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ। सन् २०२० को प्रारम्भदेखि नै सारा विश्व यस नयाँ प्रकारको कहरले तरङ्गित छ। कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो भन्ने मतहरु दृश्य/अदृश्य स्वरूपमा विश्वभरिनै प्रकट भइराखेका छन्। यस भयावह/दिग्भ्रमित महामारीले सिङ्गो विश्वलाई नै नित्यप्रति नयाँनयाँ बहुआयामिक संकटमा लपेट्दै गएको छ। स्पष्ट छ; अब यो कहर केवल मानव स्वास्थजन्य कहर मात्र रहेन। यसभित्र राजनीति जोडिएको छ, स्वार्थ जोडिएको छ, सुरक्षा जोडिएको छ, राष्ट्रवाद जोडिएको छ। अझ त्यो भन्दा डरलाग्दो रूपमा ´अल्ट्रा नेस्नालिस्ट´ र `अल्ट्रा सोसियालिस्ट´ नश्लवादी भाष्यबीचको तीव्र एकता, ध्रुवीकरण र गोलबन्दी भयावह स्वरुपमा अगाडि बढ्दै छ। सामाजिक न्याय, समता, उदारवाद र लोकतन्त्र विश्वको फोक्सो थियो र यसमाथि निर्मम प्रहार गरिँदैछ। 

यसैबीच, कोरोनाको विभीषिका र त्यसको कहरले सारा संसार आक्रान्त भइरहेको पृष्ठभूमिमा सिंहदरबार भित्रको जीवन भने एकपटक फेरि सिंह अवतारमा प्रकट हुन खोजेको देखिन्छ। कोरोनाको विभीषिका र त्यसको सन्देशलाई सिंहदरबारभित्रको जीवनले एकाएक अद्भुत रूपमा राजनीति, अस्तित्व र राष्ट्रवादसँग जोडेर हेर्छ। सिंहदरबार भित्रकै केही व्यक्ति बेसुरको बाँसुरी बजाउछ्न् तरपनि सिंहदरबारको मुख्य स्रोत भन्छ- कर्कस धुन बजिरहन्छ, हामीनै अब्बल दर्जाको राष्ट्रवादी हौं। र, हाम्रो राष्ट्रियतामाथि सन्देह गर्ने छुट किमार्थ स्वीकार्य छैन। 

आधुनिक लोकतन्त्रमा कुनै पनि शासक, नेता वा प्रशासक जनताको प्रत्यक्ष निगरानीभन्दा बाहिर, स्वेच्छाचारी र स्वच्छन्द रहन पुग्यो भने राज्य अराजक बन्छ। अराजकताले राज्य असफल हुन्छ। विलोप भएका इतिहास पनि छन्। तर, सिंहदरबारभित्रको अराजक जीवनलाई सामान्य जनजिब्रोको भाषामा बुझ्न सकिँदैन, बुँझाउन पनि सकिँदैन। सिंहदरबारबाट प्रकट हुने गरेका सत्य ज्यादा विराट, वैभवशाली र विकराल छ। यो सत्य राजनीति, नियति, इतिहास र वास्तविकताभन्दा माथि, टाढा, पर र पृथक् छ। 

इतिहासमा कुनै दिन हाम्रो अनन्य मित्र तिब्बत थियो। सिक्किम पनि हाम्रो असल मित्र थियो। त्योभन्दा इतिहासमा अलिकति अगाडि बढ्दा जम्मु-कास्मीरसँग पनि हाम्रो भूगोल जोडिएको थियो। तर, अहिलेको सिंहदरबारको मनोविज्ञानले यो बुझ्दैन। बुझेपनि तथ्यमा आधारित भएर आत्मसात गर्न खोज्दैन। सन् १९५१ मा तिब्बत निलेको देखेको छैन। यसैगरी, सन् १९७५ मा सिक्किमको विलय देखेको छैन। बरु, लेण्डुप दोर्जेको दुई तिहाइको जनमतलाई लेप लगाउँदै दलाई लामाको निर्वासनलाई जायज करार गर्दैछ। जम्बु काश्मीरको पूर्ण विलयका बाछिटाले अहिले नेपाल-भारत-चीन-पाकिस्तानसम्म तरङ्गित छन्। नेपालको मौजुदा चुच्चे नक्सा त्यसैको परिणामको बाछिट्टा हो। सुगौली सन्धि अनुसार चुच्चे नक्साले समेटेको भूमि नेपालको हो। तर, कतै महाकाली सन्धिले यसलाई चुच्चेबाट बुच्चे बनाउन प्रोत्साहन गरेको त थिएन भन्ने बहुसंख्यक नेपालीको आशंकालाई पूर्ण रूपमा अस्वीकार गर्न सक्ने सामर्थ्य र स्वभाव अहिलेको सिंहदरबारभित्रको जीवनबाट देखिन्न। 

अब एकपटक फेरि सिंहदरबारबाट नियन्त्रित जीवनको निर्देशक बन्ने प्रवृत्ति फेर्ने कि?

भ्रष्टाचार आफैंमा घृणित कुकर्म हो। सामाजिक अपराध हो। किन्तु दुईचार अर्ब भ्रष्टाचार गरेर कमाउँदैमा देश बेचिँदैन। तर, अहिलेको सिंहदरबारको नियति त्यो होइन। देशको भूमिभित्र अहिले भारतीय सेना छ, तर हामी कसरी त्यो समस्याको समाधान गर्न सकिन्छ बहस, वार्ता र छलफल गर्दैनौं। बरु, उग्रराष्ट्रवादको भुंग्रोभित्र नेपाललाई जबर्जस्ती जकेड्दै गइरहेका छौं। स्पष्ट छ; नक्सा छापिएपछि फैलिन थालेको उग्रराष्ट्रवाद यही गतिमा बढ्दै जाने हो र नेपाली भूमिबाट भारतीय सेनालाई छिटोभन्दा छिटो फिर्ता नगर्ने हो भने नेपालको अधोगतिको शून्य बिन्दु यही हुन सक्छ। यसको परिणामस्वरूप दुई राष्ट्र बीचको सम्बन्धमा गम्भीर असर त पर्ने नै छ साथै हाम्रो भूराजनीतिक अवस्थिति र अस्तित्वमाथि समेत ठूलो चुनौती खडा हुन सक्छ। 

यो लेखको सुरुमै उद्धरण गरेजस्तै समाज रुपान्तरणको लागि 'रेस्नल' विद्रोह आवस्यक छ। म मेरै शब्दमा भन्दा यसलाई पुनर्जागरण भन्छु। तर विद्रोहले युद्ध नै जन्माउछ/जन्माउनु पर्छ भन्ने मान्यताका म कहिल्यै विश्वास गर्दिनँ। युद्धले संस्कृति, सभ्यता, समाज सबै मास्छ र यो आफैंमा असभ्य र बर्बरतापूर्ण हुन्छ। यसले पाशविकतालाई मलजल गर्छ। दादावादलाई प्रश्रय दिन्छ। मान्छे आफूलाई विजयी घोषणा गर्ने अन्धो प्रवृत्तिमा आत्माविनाशको भय बढ्छ। मान्छेले मान्छे, देशले देशलाई ध्वंश बनाउने अराजकताका विरुद्ध लड्न पनि अब एकपटक फेरि सिंहदरबारबाट नियन्त्रित जीवनको निर्देशक बन्ने प्रवृत्ति फेर्ने कि?

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्