• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था आइसीजेले भन्यो-द्वन्द्वकालीन मुद्दामा न्याय दिने निश्चित देखिएन

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०७७  ११:००
1140x725

काठमाडौं-इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले नेपालको संक्रमणकालीन न्यायमा गरिएको सहयोग स्थगनलाई जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार ऐन संशोधन नभएसम्म सहयोग स्थगन जारी राख्न आइसीजेले आग्रह गरेको हो।

विभिन्न मुलुकका न्यायाधीशसम्मिलित संस्था आईसीजेले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै न्याय पाउने सर्वसाधारणको अधिकार सुनिश्चित गर्न उक्त सिफारिस गरिएको जनाएको छ।

नेपालको मानवअधिकार सुधारका लागि कूटनीतिक समूहलाई गरिएको ५ बुँदे अपिलको सुरुवातमै नेपालको अन्तर्राष्ट्रिय दायित्व र सर्वोच्च अदालतको विधिशास्त्रअनुरूप संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन नभएसम्म संक्रमणकालीन न्यायका निकायहरूलाई दिइने सहयोग स्थगन जारी राख्न भनिएको छ।

नेपालमा संवैधानिक तथा राजनीतिक पुनःसंरचनापछि पनि मानवअधिकारको अवस्था र सरकारको जवाफदेहितामा सुधार नआएको देखिएपछि सुधारका ठोस कदम चाल्न प्रधानमन्त्री कार्यालय, नेपाल प्रहरी, संसद्, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, मानवअधिकार आयोग, कूटनीतिक निकायलगायतलाई छुट्टाछुट्टै सिफारिस गर्ने क्रममा आईसीजेले यस्तो सुझाव दिएको हो। 

गम्भीर अपराधका दोषीलाई आममाफी दिने सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी ऐनका प्रावधान खारेज गर्न सरकारलाई सर्वोच्च अदालतले २०७१ फागुनमा आदेश गरेको थियो। तर आदेशको कार्यान्वयनबिनै सरकारले दुई आयोग गठन गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय समुदायले संक्रमणकालीन न्यायमा सहयोग रोक्का गर्दै आएका छन्। 

यसअघि संयुक्त राष्ट्र संघले सर्वोच्चको फैसला अनुसार तत्काल ऐन संशोधन गर्न आग्रह गर्दै अन्यथा अन्तर्राष्ट्रिय रुपमा सहयोग नहुने भनेको थियो। 

‘कानुनले सबै नेपालीलाई निष्पक्ष र समान व्यवहार गर्दछ भन्ने विश्वास दिलाउनु सङ्घीय विकेन्द्रीकरणका सामु रहेको प्रमुख चुनौती हो,’  आईसीजेका आयुक्त एवं नेपालको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘त्यो  विश्वासलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सन्दर्भमा यो प्रतिवेदन  एउटा मागर्दशन हो।’

नेपालमा मानवअधिकार कानुन, नीति र विधिशास्त्रको विकासमा भएको प्रगतिका बावजुद, जवाफदेहिता र न्यायको पहुँचमा रहेका पुराना व्यवधानहरु अझै विद्यमान रहेको र धेरैको सम्बोधन हुन नसकेको तथ्य आईसीजेको अध्ययन टोलीले उल्लेख गरेको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

‘अवरुद्ध संक्रमणकालीन न्याय प्रक्रिया, कमजोर बनाईएका न्यायिक संस्था, विभाजित नागरिक समाज र प्रणालीगत भेदभावको निरन्तरताले नेपाल दण्डहिनताको दुष्चक्रमा फसेको स्पष्ट हुन्छ र त्यसबाट विधिको शासनलाई खतरा पुग्नसक्ने देखिन्छ,’  आईसीजेका आयुक्त ड्याम सिल्भिया कार्टराइटले भने, ‘प्रदेश सांसद्हरुको उल्लेखनीय प्रयास, सुदृढ न्यायपालिका, र नागरिक समाजको निरन्तर पैरवीका बावजुद ‘नयाँ’ नेपालको प्रतिनिधित्व गर्ने अधिकारीहरुले न्याय प्राप्तिका लागि उठेका मागलाई सुनेर पनि वास्तविक रुपमा सम्बोधन नगरेर विगतकै जस्तो गल्ती दोहोर्‍याउने खतरा छ।’ 

सन् २०१७ मा आईसीजेले गरेको अध्ययन प्रतिवेदनका निष्कर्षमा समेत आधारित हुँदै प्रतिवेदनले मुख्य तीन क्षेत्रमा आफ्ना निष्कर्षहरु प्रस्तुत गरेको छः

कार्यान्वयन अभावः नेपालले अन्तर्राष्ट्रिय मानवअधिकार प्रारुपका उल्लेखनीय अन्तर्वस्तु समावेश भएको कानुन र विधिशास्त्रको प्रगतिशील विकासमा उल्लेखनीय प्रगति गरेको छ। उदाहरणका लागि नेपालको संविधान २०७२ मा समावेश गरिएका मौलिक हकसम्बन्धी प्रावधानहरु। यद्यपि, संवैधानिक कार्यादेश, कानुन र न्यायिक निर्णयहरु धेरै अवस्थामा कार्यान्वयन भएका छैनन् वा सक्रिय रुपमा अवमूल्यन गर्ने काम गरिएको छ। यसले गर्दा सरकारमाथि जनताको विश्वास र पीडितहरुका लागि न्यायमा पहुँच कमजोर बन्दै गएको छ।

स्वतन्त्र र निष्पक्ष संस्थाहरुः नेपालले प्रहरी, सरकारी वकिल कार्यालय न्यायपालिका, संक्रमणकालीन न्याय संयन्त्र र राष्ट्रिय मानवअधिकार आयोगलगायतका न्यायिक संस्थाहरुको स्थापना र क्षमता विकासमा प्रगति गरेको छ। यद्यपि, यी संस्थाहरुको क्षमता र स्वतन्त्रता कमजोर अवस्थामा रहेको छ, सँगसँगै यी संस्थाहरु राजनीतिक प्रभाव र हस्तक्षेपको जोखिममा पनि छन्। 

जवाफदेहिता र न्यायमा पहुँचः कानुनमा सुधार र संस्थाहरुको निर्माणमा भएको प्रगतिका बावजुद अधिकांश नेपालीहरुले न्याय प्रणालीको पहुँचमा पुरानै व्यवधान सामना गरिरहेका छन्। अग्रपंत्तिका संस्थाहरु, विशेषगरी प्रहरी र अभियोजनकर्ताहरुमा समुदायहरुसँग प्रभावकारी अन्तक्र्रिया गर्ने राजनीतिक इच्छा र क्षमताको अभाव छ। व्यक्तिगत रुपमा नेपालीहरु, विशेषगरी नागरिकताको प्रमाणपत्र नभएका जातीय अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुले अदालतमार्फत् उपचार लिने क्रममा अनगिन्ती अवरोधहरुको सामना गर्नु पर्दछ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सम्बन्धित सामग्री
हुम्लामा एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन बगायो एक्कासि असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर... बुधबार, जेठ ६, २०८३
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप मंगलबार सो सम्मान प्रदान गरिए... बुधबार, जेठ ६, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्