• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
एमालेले माओवादीलाई 'एक तिहाइ'मा बस भनेपछि एकतामा गतिरोध
64x64
नेपाल लाइभ सोमबार, वैशाख १०, २०७५  ११:२७
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय सैद्धान्तिक रुपमा अन्तिम चरणमा आइपुगेको दुवै पार्टीका नेताहरु बताउँछन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित संयुक्त कार्यक्रममा समेत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एकताको विकल्प नभएको दोहोर्‍याउँदै एकता प्रक्रिया अन्तिम बिन्दुमा आइपुगेको बताए। तथापि, एकताले किन निष्कर्ष पाइरहेको छैन भन्नेबारे स्पष्ट आधार दिन सकेनन्। यसै सेरोफेरोमा एकता प्रक्रियामा के-कस्ता जटिलता बाँकी रहे भनेर नेपाल लाइभका लागि जनक पौड्यालले माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग कुराकानी गरेका छन्:

पार्टी एकतामा पछिल्लो घटनाक्रम के भइरहेको हो? माओवादी हेडक्वार्टर बैठकमा के कुरा उठे?

वैचारिक, राजनीतिक विषयमा कुराहरु लगभग टुंगिएको स्थिति छ। अब सम्मानजनक एकता भन्नाले खासगरी संख्याहरु कसरी मिलाउने भन्ने कुरा हो। पछिल्लो समय उहाँहरु (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल) बीच एमालेभित्र धेरै पुराना मान्छेहरु भएकाले अरु सिटहरु मोटामोटी समान समझदारी बनाएर राख्ने, केही चाहिँ पुराना साथीहरुलाई 'एडजस्ट' गर्नुपर्ने हुनाले व्यवस्था गर्ने भन्ने समझदारी के भयो। ८-१० सिट थप व्यवस्था गर्न सकिन्छ, पुराना साथीहरु जसलाई सम्मान गरेर राख्नुपर्नेछ, त्यो चाहिँ सकिन्छ भन्ने कुरामा उहाँहरुको सहमति हो। पछि केपी शर्मा ओलीबाट चाहिँ साथीहरुले मानेनन् भन्ने कुरा आयो।

एकता गर्ने भनेपछि भोलि अध्यक्ष प्रचण्डले पनि त आफ्नो पंक्तिलाई कन्ट्रोल गर्नुपर्‍यो। आफैं मात्र जाने, आफ्नो पंक्तिलाई 'ह्युमिलिएट' गराएर एकता गर्नुको त के अर्थ भयो र। यसले त झन् समस्या न हुन्छ। आफ्नो पंक्तिलाई पनि तरिका मिलाएर एकतामा लाने कुरोको नेतृत्व गरेर जाँदा चाहिँ त्यो सफलता हुन्छ भन्ने भयो।

हामीले अरु त जे-जे मिलाए पनि भयो नि। अतिवादी प्रवृत्ति छ, हाम्रै पार्टीबाट गएका एकता विरोधीहरु पनि छन्, बाहिर पनि छन्, उनीहरुलाई झन् स्पेस दिनु भएन नि। यदि यो माओवादी पंक्ति ह्युमिलिएट भयो भने त उतैतिर जान्छ। त्यसले त बदलाको भावना लिन्छ। त्यो त एमालेकै लागि पनि प्रत्युत्पादक हुन्छ नि। त्यसो गर्नु हुँदैन भन्ने कुरा हो।

एमालेभित्र माधवकुमार नेपालहरुले मान्नु भएन भन्ने कुरा आयो नि?

को-कोबाट आयो, कसकसले मान्नु भएन त्यो त अर्कै कुरा हो। तर त्यस्तो कुरा आइसकेपछि चिजहरु अगाडि बढेन। अरु सबै कुरा मिल्यो। वैचारिक, रजानीतिक अरु सबै कुरा मिल्यो तर त्यहाँ गएर चाहिँ अड्कियो। पहिला त समान आधारमा सम्मानजनक एकता हुँदैछ भन्ने हुनुपर्‍यो। न्यायपूर्ण पनि त हुनुपर्‍यो नि।

अहिले कुन पार्टी ठूलो, कुन पार्टी सानो भनेर त्यतातिर बढी छलफल गर्नुभन्दा मुख्य कुरो त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो। एकता सम्मानजक, समानताका आधारमा, न्यायपूर्ण पनि हुनुपर्‍यो भनेर करिब-करिब टुंगिएको कुरा हो।

समान हैसियत भनेको चाहिँ कस्तो?

केन्द्रीय समितिमा मोटामोटी वहाँहरुको २ सय जना जति रहेछ, माओवादीबाट पनि त्यति राख्ने र अरु ८-१० जना उहाँहरुको विशेष व्यवस्थापन गर्नुपर्नेछ भने त्यसलाई पनि राखौं भन्ने हो। अब बराबरी भनेर अंक जोडेर त बराबरी भन्ने कुरा होइन। हामीले धेरै खोज्ने कुरा पनि आएन, एमालेको स्थितिलाई पनि त हेर्नुपर्‍यो। यदि, त्यस्तो छ भने ८-१० जना साथीहरु छन् भने, को-को छन् छलफल गरेर व्यवस्थापन गर्न सकिन्छ।

५०/५० प्रतिशत भन्ने कुरा हो त्यो?

५०-५० प्रतिशत नै भन्ने कुरा होइन, अंक त यताउति हुन सक्ने भयो। तर समान हैसियत त हुनुपर्‍यो। अब उहाँहरुले हाम्रो चाहिँ दुई तिहाइ उता एक तिहाइ गरेर त त्यो एकताको के अर्थ भयो र? त्यो एकता त झन् प्रत्युत्पादक पो हुन्छ त, त्यो एकता 'फ्रुटफुल' हुन्छ र? मुख्य कुरा समान हैसियतमा एकता हुनुपर्‍यो। उहाँहरुले हिजो मनमोहन (मनमोहन अधिकारी) जीहरुसँग एकता हुँदा बराबरी दिएको होइन? कत्रो थियो त मनमोहनजीहरुको पार्टी त्यतिबेला? शक्तिको हिसाबले त एमाले त धेरै ठूलो भइसकेको थियो। राष्ट्रिय पञ्चायतको चुनावहरु जितिसकेका थिए। तर, किन गरे त भन्दा त्यो एकता गर्दा कुनै पनि पक्ष ह्युमिलिएट हुनु हुन्न भनेर नै हो। भनेको, ओलीजी पनि ह्युमिलिएट हुनु भएन, प्रचण्डजी पनि ह्युमिलिएट हुनु भएन।

त्यसो त, माओवादीमा पहिला एकता गर्न आउने पार्टीले पनि बराबरी हैसियत पाएका थिएनन् भन्ने कुरा छ नि?

त्यो कुतर्क हो। एजेन्डा ठूलो हो कि पार्टी ठूलो? राष्ट्र ठूलो कि पार्टी ठूलो त्यसो भए? एजेन्डा हो नि मेन। एजेन्डाको बाहक, जुन संघीयता, गणतन्त्रको वाहक त सबै माओवादी होइन? अनि माओवादी सानो भन्न मिल्छ, एजेन्डा हो नि मूल कुरो। बोल्सेभिक कति थियो भन्नु त? बोल्सेभिकभन्दा मेन्सेभिक धेर थिए। एजेन्डाले गर्दा क्रान्ति गरिदियो बोल्सेभिकले। पछि संसदीय चुनाव भयो उनीहरुले जिते र मेन्सेभिक पनि त ठूलो पार्टी भयो नि। त्यसैले पार्टीको कुरा र चुनावको कुरा फरक हुन्छ नि।

एमालेमा आफू ठूलो हुँ भन्ने दम्भ देखिएको हो त्यसो भए?

यसले आशंका गर्ने ठाउँ देखियो। किन त्यसो गर्नुहुन्छ उहाँहरु? जुन कुरा जरुरी छैन। माओवादीलाई बराबर हैसियत दिँदैमा एमाले ह्युमिलिएट हुँदैन। दुइटा अध्यक्ष हुने भनिएको छ। महाधिवेशनसम्म सहमतिबाट गर्ने भनिएको छ। त्यो कुरा आउँदा चाहिँ किन गर्नु हुन्न उहाँहरु? माओवादीलाई विलय गराउने कुरो, माओवादीलाई ह्युमिलिएट गराउने कुरो त्यो राम्रो हुन्छ त? एमालेमा त एकता विरोधी पक्ष छैन नि, माओवादीसँग त एकता विरोधी पक्ष पनि छ। 'तपाईंहरुले त्यसो गर्नु हुन्न (असमान एकता)' भनेर उहाँहरुले नै भन्नुपर्ने हो नि, 'अहिले बराबरी हैसियत लिनोस् पछि महाधिवेशनमा जाँदा मिलाउँला बरु, के-के गर्नुपर्छ।' त्यो बेलामा को-कसको योग्यता, क्षमता कति भन्ने एकै ठाउँ आइसकेको हुन्छ, कुनै प्रतिशत लगाउनुपरेन।

जनयुद्ध, चुनाव चिह्न र सांगठनिक संरचना मुख्य तीन कुरामा अब एउटामा मात्रै समस्या देखियो, भनेपछि एकता लम्बियो भन्ने कि बिग्रियो भन्ने त?

लम्बियो अब। बिग्रिहालेको छैन। वैचारिक, राजनीतिक विषयमा धेरै कुरा मिल्यो। अब चुनाव चिह्नको कुरामा पनि त्यति समस्या छैन। जनयुद्ध स्वतः वहाँहरुले स्विकारिसकेको कुरा हो। विधानमा लेख्ने कुरा हो, जनयुद्ध र जनआन्दोलन।

दुवै पार्टीले संयुक्त आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममै विवाद देखियो।

कार्यक्रममा सकारात्मक ढंगले बोल्ने भन्ने कुरा थियो। त्यहाँ अलेलि वातावरण बिग्रियो। मान्छेले विभिन्न ढंगले आक्रोश व्यक्त गर्छ नि। एकताको पक्षमा माहोल एमालेभित्र पनि छ, माओवादीभित्र पनि छ। भएन, नेताहरुसँग त झोँक चल्छ नि। अनि मान्छेले एक-एकवटा बहाना, एक-एकवटा निहु खोज्छ नि।

अहिले एमालेले एकता छिटो गरिहालौं भनेर हतार गरेको हो?

एकता छिटो भन्ने त हाम्रो भनाइ हो। सरकार गठनअघि नै गर्नुपर्छ भनेको हामीले। अब त्यहाँ आएर अड्कियो भनेपछि यहाँ दबाबहरु छन् भनेर बुझ्नुपर्‍यो के। भन्या छन् नि अरुले, माओवादी अझै पनि विश्वसनीय छैन, तपाईंहरुप्रति विश्वास गर्न सकिन्छ माओवादीप्रति केही भन्न सकिँदैन।

यो दबाब कताको हो त?

होइन, जम्मैतिर हुन्छन् नि। यो एकता मन नपर्ने जता भए पनि त्यही हो नि। तपाईंलाई एकता मन नपरेपछि भाँडियोस् भन्ने हुँदैन? उनीहरुले आफ्नो प्रयोग गर्दैनन् र? पहिला प्रचण्डलाई प्रयोग गर्न खोजे उनीहरुले, सरकार बनाउनु तपाईंलाई दिन्छौं भने, अहिले ओलीजीलाई भनिरहेका होलान् नि त। आउँछन् नि, मैले दबाब दिएँ त कसले भन्छ र? प्रचण्डजी त बरु ठ्याक्क भनिहाल्नु हुन्छ, ओलीजीको त स्वभाव पनि त्यस्तो छैन।

केही समय लम्ब्याएर जाँदा बार्गेनिङ पावर बढी हुन्छ र प्रचण्डले लिखित रुपमा प्रधानमन्त्री पदका लागि सुनिश्चितता खोजेकाले माओवादीबाट यो काम भइरहेको छ भन्ने छ नि?

बार्गेनिङ पावरको कुरा होइन। पहिला एउटा अन्डरस्ट्यान्डिङ त भएकै छ त। सरकारको नेतृत्व गर्दै जाने भन्ने समझदारी नै हो नि त्यो त। त्यसमा कुनै समस्या छैन। फेरि एउटै पार्टी भएपछि जुनसुकै निर्णय गर्न सक्छ। एउटै पार्टी भइसकेपछि ओलीजीले चलाउँदा राम्रै भयो भन्न सकिने भयो, होइन यसरी चेन्ज गरौं भन्न पनि सकिने भयो। अब अहिले अलग-अलग पार्टी हुँदा त त्यो लेख्नुपरेन? त्यो त छँदैछ त, त्यसमा समस्या होइन। त्यो त बाहिर के गर्ने त बहाना भन्नलाई प्रचण्ड बढी महत्वकांक्षी छ, पद खोज्यो त्यही भएर नमिलेको भनेर देखाउन परेन?

अरु सबै कुरा मिलिसकेको स्थितिमा सांगठिनक संरचनामा माओवादीले कन्सर्न जनाउँदा, वार्तामा माओवादीको चाह देखिएन भन्ने अवस्था रहेन र? ब्याकफायर हुने अवस्था देखिएला नि?

ब्याकफायर उहाँहरुलाई हुन्छ। उहाँहरु त सरकारको नेतृत्व गरेर बस्नु भएको छ, असफल हुँदा को असफल हुन्छ? ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ नि त। उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, संसदीय दलको नेता र प्रधानमन्त्री हुनु भएको छ। एकताको विषय अगाडि नजाँदा भोलि सरकार कमजोर भयो,  राम्रो भएन, गन्जागोल भयो भने को सिद्धिन्छ त, एमाले सिद्धिदैन?

अन्तरविरोध बढि रह्यो भने यसले तल ऊर्जा पनि दिँदैन, अनि के लाने त योजना? विकास भनेको के पैसा लगेर विकास हुने हो र? पैसा लगेर, बजेट लगेर बिकास हुने भए त पहिल्यै भइसक्थ्यो नि। त्यहाँ त एउटा अभियान चाहिन्छ, विकासका लागि आम जनपरिचालन गर्नुपर्‍यो। आम जनतालाई जोडेर विकास लानुपर्‍यो, अनि पो विकास हुन्छ। त्यसो गर्न त पार्टी एउटै भएपछि सजिलो हुन्छ। एउटै भयो भने मन्त्रीहरु पनि आफ्नो डाइरेक्ट कमान्डमा भयो। एकै ठाउँमा छलफल गर्दा समस्या नि आएन। अहिले त दोहोरो भयो नि।

यो एकता प्रक्रिया यत्तिकै भइहाल्यो, मोर्चाबन्दी गरेरै अगाडि जाऊँ भन्ने अवस्था आउँछ कि आउँदैन?

एकता त हुन्छ, गर्नै पर्छ, नभई छोड्दैन। संविधान बन्छ कि बन्दैन भन्दा बनेन? त्यस्तै हो। कार्यान्वयन हुन्छ कि हुँदैन भन्दा भयो, यो पनि त्यस्तै हो। जति ढिलो भयो उति नोक्सानी हुन्छ।

खास संख्याको 'बालको खाल' खिच्नु हुन्न। सम्मानजनक एकता हुनुपर्‍यो, समानताका आधारमा हुनुपर्‍यो, न्यायपूर्ण हुनुपर्‍यो। संख्या घटीबढी यताउति हुन सक्छ, त्यसमा जानुहुन्न। तर, एक तिहाइमा माओवादी बस भन्ने उहाँहरुको प्रस्ताव जसरी आइरहेको छ नि, त्यो चाहिँ एकता नगर्ने कुरा भयो। त्यो भनेको त एकता नगर्ने भन्या न हो।

मूलभूत रुपमा एकताको विकल्प छैन, अब जहाँ कुरा अड्किएको छ, त्यहाँ अलि कुरा मिलाएर अघि बढ्नुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज जेठ १९ः दरबार हत्याको २४औँ स्मृति दिवस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पञ्जाब किङ्स आईपीएलको फाइनलमा, मुम्बई विरुद्ध अयरको विस्फोटक ब्याटिङ
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र... सोमबार, जेठ १९, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्री... आइतबार, जेठ १८, २०८२
अण्डाको मूल्य बढेपछि किसानलाई राहत नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८०... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
आज जेठ १९ः दरबार हत्याको २४औँ स्मृति दिवस सोमबार, जेठ १९, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ १९, २०८२
पञ्जाब किङ्स आईपीएलको फाइनलमा, मुम्बई विरुद्ध अयरको विस्फोटक ब्याटिङ सोमबार, जेठ १९, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्