Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एमालेले माओवादीलाई 'एक तिहाइ'मा बस भनेपछि एकतामा गतिरोध

64x64
नेपाल लाइभ सोमबार, वैशाख १०, २०७५  ११:२७
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय सैद्धान्तिक रुपमा अन्तिम चरणमा आइपुगेको दुवै पार्टीका नेताहरु बताउँछन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित संयुक्त कार्यक्रममा समेत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एकताको विकल्प नभएको दोहोर्‍याउँदै एकता प्रक्रिया अन्तिम बिन्दुमा आइपुगेको बताए। तथापि, एकताले किन निष्कर्ष पाइरहेको छैन भन्नेबारे स्पष्ट आधार दिन सकेनन्। यसै सेरोफेरोमा एकता प्रक्रियामा के-कस्ता जटिलता बाँकी रहे भनेर नेपाल लाइभका लागि जनक पौड्यालले माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग कुराकानी गरेका छन्:

पार्टी एकतामा पछिल्लो घटनाक्रम के भइरहेको हो? माओवादी हेडक्वार्टर बैठकमा के कुरा उठे?

वैचारिक, राजनीतिक विषयमा कुराहरु लगभग टुंगिएको स्थिति छ। अब सम्मानजनक एकता भन्नाले खासगरी संख्याहरु कसरी मिलाउने भन्ने कुरा हो। पछिल्लो समय उहाँहरु (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल) बीच एमालेभित्र धेरै पुराना मान्छेहरु भएकाले अरु सिटहरु मोटामोटी समान समझदारी बनाएर राख्ने, केही चाहिँ पुराना साथीहरुलाई 'एडजस्ट' गर्नुपर्ने हुनाले व्यवस्था गर्ने भन्ने समझदारी के भयो। ८-१० सिट थप व्यवस्था गर्न सकिन्छ, पुराना साथीहरु जसलाई सम्मान गरेर राख्नुपर्नेछ, त्यो चाहिँ सकिन्छ भन्ने कुरामा उहाँहरुको सहमति हो। पछि केपी शर्मा ओलीबाट चाहिँ साथीहरुले मानेनन् भन्ने कुरा आयो।

एकता गर्ने भनेपछि भोलि अध्यक्ष प्रचण्डले पनि त आफ्नो पंक्तिलाई कन्ट्रोल गर्नुपर्‍यो। आफैं मात्र जाने, आफ्नो पंक्तिलाई 'ह्युमिलिएट' गराएर एकता गर्नुको त के अर्थ भयो र। यसले त झन् समस्या न हुन्छ। आफ्नो पंक्तिलाई पनि तरिका मिलाएर एकतामा लाने कुरोको नेतृत्व गरेर जाँदा चाहिँ त्यो सफलता हुन्छ भन्ने भयो।

हामीले अरु त जे-जे मिलाए पनि भयो नि। अतिवादी प्रवृत्ति छ, हाम्रै पार्टीबाट गएका एकता विरोधीहरु पनि छन्, बाहिर पनि छन्, उनीहरुलाई झन् स्पेस दिनु भएन नि। यदि यो माओवादी पंक्ति ह्युमिलिएट भयो भने त उतैतिर जान्छ। त्यसले त बदलाको भावना लिन्छ। त्यो त एमालेकै लागि पनि प्रत्युत्पादक हुन्छ नि। त्यसो गर्नु हुँदैन भन्ने कुरा हो।

एमालेभित्र माधवकुमार नेपालहरुले मान्नु भएन भन्ने कुरा आयो नि?

को-कोबाट आयो, कसकसले मान्नु भएन त्यो त अर्कै कुरा हो। तर त्यस्तो कुरा आइसकेपछि चिजहरु अगाडि बढेन। अरु सबै कुरा मिल्यो। वैचारिक, रजानीतिक अरु सबै कुरा मिल्यो तर त्यहाँ गएर चाहिँ अड्कियो। पहिला त समान आधारमा सम्मानजनक एकता हुँदैछ भन्ने हुनुपर्‍यो। न्यायपूर्ण पनि त हुनुपर्‍यो नि।

अहिले कुन पार्टी ठूलो, कुन पार्टी सानो भनेर त्यतातिर बढी छलफल गर्नुभन्दा मुख्य कुरो त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो। एकता सम्मानजक, समानताका आधारमा, न्यायपूर्ण पनि हुनुपर्‍यो भनेर करिब-करिब टुंगिएको कुरा हो।

Ncell 2
Ncell 2
nimb
nimb

समान हैसियत भनेको चाहिँ कस्तो?

केन्द्रीय समितिमा मोटामोटी वहाँहरुको २ सय जना जति रहेछ, माओवादीबाट पनि त्यति राख्ने र अरु ८-१० जना उहाँहरुको विशेष व्यवस्थापन गर्नुपर्नेछ भने त्यसलाई पनि राखौं भन्ने हो। अब बराबरी भनेर अंक जोडेर त बराबरी भन्ने कुरा होइन। हामीले धेरै खोज्ने कुरा पनि आएन, एमालेको स्थितिलाई पनि त हेर्नुपर्‍यो। यदि, त्यस्तो छ भने ८-१० जना साथीहरु छन् भने, को-को छन् छलफल गरेर व्यवस्थापन गर्न सकिन्छ।

५०/५० प्रतिशत भन्ने कुरा हो त्यो?

५०-५० प्रतिशत नै भन्ने कुरा होइन, अंक त यताउति हुन सक्ने भयो। तर समान हैसियत त हुनुपर्‍यो। अब उहाँहरुले हाम्रो चाहिँ दुई तिहाइ उता एक तिहाइ गरेर त त्यो एकताको के अर्थ भयो र? त्यो एकता त झन् प्रत्युत्पादक पो हुन्छ त, त्यो एकता 'फ्रुटफुल' हुन्छ र? मुख्य कुरा समान हैसियतमा एकता हुनुपर्‍यो। उहाँहरुले हिजो मनमोहन (मनमोहन अधिकारी) जीहरुसँग एकता हुँदा बराबरी दिएको होइन? कत्रो थियो त मनमोहनजीहरुको पार्टी त्यतिबेला? शक्तिको हिसाबले त एमाले त धेरै ठूलो भइसकेको थियो। राष्ट्रिय पञ्चायतको चुनावहरु जितिसकेका थिए। तर, किन गरे त भन्दा त्यो एकता गर्दा कुनै पनि पक्ष ह्युमिलिएट हुनु हुन्न भनेर नै हो। भनेको, ओलीजी पनि ह्युमिलिएट हुनु भएन, प्रचण्डजी पनि ह्युमिलिएट हुनु भएन।

Xtrem

Xtrem

त्यसो त, माओवादीमा पहिला एकता गर्न आउने पार्टीले पनि बराबरी हैसियत पाएका थिएनन् भन्ने कुरा छ नि?

त्यो कुतर्क हो। एजेन्डा ठूलो हो कि पार्टी ठूलो? राष्ट्र ठूलो कि पार्टी ठूलो त्यसो भए? एजेन्डा हो नि मेन। एजेन्डाको बाहक, जुन संघीयता, गणतन्त्रको वाहक त सबै माओवादी होइन? अनि माओवादी सानो भन्न मिल्छ, एजेन्डा हो नि मूल कुरो। बोल्सेभिक कति थियो भन्नु त? बोल्सेभिकभन्दा मेन्सेभिक धेर थिए। एजेन्डाले गर्दा क्रान्ति गरिदियो बोल्सेभिकले। पछि संसदीय चुनाव भयो उनीहरुले जिते र मेन्सेभिक पनि त ठूलो पार्टी भयो नि। त्यसैले पार्टीको कुरा र चुनावको कुरा फरक हुन्छ नि।

एमालेमा आफू ठूलो हुँ भन्ने दम्भ देखिएको हो त्यसो भए?

यसले आशंका गर्ने ठाउँ देखियो। किन त्यसो गर्नुहुन्छ उहाँहरु? जुन कुरा जरुरी छैन। माओवादीलाई बराबर हैसियत दिँदैमा एमाले ह्युमिलिएट हुँदैन। दुइटा अध्यक्ष हुने भनिएको छ। महाधिवेशनसम्म सहमतिबाट गर्ने भनिएको छ। त्यो कुरा आउँदा चाहिँ किन गर्नु हुन्न उहाँहरु? माओवादीलाई विलय गराउने कुरो, माओवादीलाई ह्युमिलिएट गराउने कुरो त्यो राम्रो हुन्छ त? एमालेमा त एकता विरोधी पक्ष छैन नि, माओवादीसँग त एकता विरोधी पक्ष पनि छ। 'तपाईंहरुले त्यसो गर्नु हुन्न (असमान एकता)' भनेर उहाँहरुले नै भन्नुपर्ने हो नि, 'अहिले बराबरी हैसियत लिनोस् पछि महाधिवेशनमा जाँदा मिलाउँला बरु, के-के गर्नुपर्छ।' त्यो बेलामा को-कसको योग्यता, क्षमता कति भन्ने एकै ठाउँ आइसकेको हुन्छ, कुनै प्रतिशत लगाउनुपरेन।

जनयुद्ध, चुनाव चिह्न र सांगठनिक संरचना मुख्य तीन कुरामा अब एउटामा मात्रै समस्या देखियो, भनेपछि एकता लम्बियो भन्ने कि बिग्रियो भन्ने त?

लम्बियो अब। बिग्रिहालेको छैन। वैचारिक, राजनीतिक विषयमा धेरै कुरा मिल्यो। अब चुनाव चिह्नको कुरामा पनि त्यति समस्या छैन। जनयुद्ध स्वतः वहाँहरुले स्विकारिसकेको कुरा हो। विधानमा लेख्ने कुरा हो, जनयुद्ध र जनआन्दोलन।

दुवै पार्टीले संयुक्त आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममै विवाद देखियो।

कार्यक्रममा सकारात्मक ढंगले बोल्ने भन्ने कुरा थियो। त्यहाँ अलेलि वातावरण बिग्रियो। मान्छेले विभिन्न ढंगले आक्रोश व्यक्त गर्छ नि। एकताको पक्षमा माहोल एमालेभित्र पनि छ, माओवादीभित्र पनि छ। भएन, नेताहरुसँग त झोँक चल्छ नि। अनि मान्छेले एक-एकवटा बहाना, एक-एकवटा निहु खोज्छ नि।

अहिले एमालेले एकता छिटो गरिहालौं भनेर हतार गरेको हो?

एकता छिटो भन्ने त हाम्रो भनाइ हो। सरकार गठनअघि नै गर्नुपर्छ भनेको हामीले। अब त्यहाँ आएर अड्कियो भनेपछि यहाँ दबाबहरु छन् भनेर बुझ्नुपर्‍यो के। भन्या छन् नि अरुले, माओवादी अझै पनि विश्वसनीय छैन, तपाईंहरुप्रति विश्वास गर्न सकिन्छ माओवादीप्रति केही भन्न सकिँदैन।

यो दबाब कताको हो त?

होइन, जम्मैतिर हुन्छन् नि। यो एकता मन नपर्ने जता भए पनि त्यही हो नि। तपाईंलाई एकता मन नपरेपछि भाँडियोस् भन्ने हुँदैन? उनीहरुले आफ्नो प्रयोग गर्दैनन् र? पहिला प्रचण्डलाई प्रयोग गर्न खोजे उनीहरुले, सरकार बनाउनु तपाईंलाई दिन्छौं भने, अहिले ओलीजीलाई भनिरहेका होलान् नि त। आउँछन् नि, मैले दबाब दिएँ त कसले भन्छ र? प्रचण्डजी त बरु ठ्याक्क भनिहाल्नु हुन्छ, ओलीजीको त स्वभाव पनि त्यस्तो छैन।

केही समय लम्ब्याएर जाँदा बार्गेनिङ पावर बढी हुन्छ र प्रचण्डले लिखित रुपमा प्रधानमन्त्री पदका लागि सुनिश्चितता खोजेकाले माओवादीबाट यो काम भइरहेको छ भन्ने छ नि?

बार्गेनिङ पावरको कुरा होइन। पहिला एउटा अन्डरस्ट्यान्डिङ त भएकै छ त। सरकारको नेतृत्व गर्दै जाने भन्ने समझदारी नै हो नि त्यो त। त्यसमा कुनै समस्या छैन। फेरि एउटै पार्टी भएपछि जुनसुकै निर्णय गर्न सक्छ। एउटै पार्टी भइसकेपछि ओलीजीले चलाउँदा राम्रै भयो भन्न सकिने भयो, होइन यसरी चेन्ज गरौं भन्न पनि सकिने भयो। अब अहिले अलग-अलग पार्टी हुँदा त त्यो लेख्नुपरेन? त्यो त छँदैछ त, त्यसमा समस्या होइन। त्यो त बाहिर के गर्ने त बहाना भन्नलाई प्रचण्ड बढी महत्वकांक्षी छ, पद खोज्यो त्यही भएर नमिलेको भनेर देखाउन परेन?

अरु सबै कुरा मिलिसकेको स्थितिमा सांगठिनक संरचनामा माओवादीले कन्सर्न जनाउँदा, वार्तामा माओवादीको चाह देखिएन भन्ने अवस्था रहेन र? ब्याकफायर हुने अवस्था देखिएला नि?

ब्याकफायर उहाँहरुलाई हुन्छ। उहाँहरु त सरकारको नेतृत्व गरेर बस्नु भएको छ, असफल हुँदा को असफल हुन्छ? ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ नि त। उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, संसदीय दलको नेता र प्रधानमन्त्री हुनु भएको छ। एकताको विषय अगाडि नजाँदा भोलि सरकार कमजोर भयो,  राम्रो भएन, गन्जागोल भयो भने को सिद्धिन्छ त, एमाले सिद्धिदैन?

अन्तरविरोध बढि रह्यो भने यसले तल ऊर्जा पनि दिँदैन, अनि के लाने त योजना? विकास भनेको के पैसा लगेर विकास हुने हो र? पैसा लगेर, बजेट लगेर बिकास हुने भए त पहिल्यै भइसक्थ्यो नि। त्यहाँ त एउटा अभियान चाहिन्छ, विकासका लागि आम जनपरिचालन गर्नुपर्‍यो। आम जनतालाई जोडेर विकास लानुपर्‍यो, अनि पो विकास हुन्छ। त्यसो गर्न त पार्टी एउटै भएपछि सजिलो हुन्छ। एउटै भयो भने मन्त्रीहरु पनि आफ्नो डाइरेक्ट कमान्डमा भयो। एकै ठाउँमा छलफल गर्दा समस्या नि आएन। अहिले त दोहोरो भयो नि।

यो एकता प्रक्रिया यत्तिकै भइहाल्यो, मोर्चाबन्दी गरेरै अगाडि जाऊँ भन्ने अवस्था आउँछ कि आउँदैन?

एकता त हुन्छ, गर्नै पर्छ, नभई छोड्दैन। संविधान बन्छ कि बन्दैन भन्दा बनेन? त्यस्तै हो। कार्यान्वयन हुन्छ कि हुँदैन भन्दा भयो, यो पनि त्यस्तै हो। जति ढिलो भयो उति नोक्सानी हुन्छ।

खास संख्याको 'बालको खाल' खिच्नु हुन्न। सम्मानजनक एकता हुनुपर्‍यो, समानताका आधारमा हुनुपर्‍यो, न्यायपूर्ण हुनुपर्‍यो। संख्या घटीबढी यताउति हुन सक्छ, त्यसमा जानुहुन्न। तर, एक तिहाइमा माओवादी बस भन्ने उहाँहरुको प्रस्ताव जसरी आइरहेको छ नि, त्यो चाहिँ एकता नगर्ने कुरा भयो। त्यो भनेको त एकता नगर्ने भन्या न हो।

मूलभूत रुपमा एकताको विकल्प छैन, अब जहाँ कुरा अड्किएको छ, त्यहाँ अलि कुरा मिलाएर अघि बढ्नुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
सम्बन्धित सामग्री
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर अभियानअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन... बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्