Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा चार दिनदेखि विद्युत् अवरुद्ध, तत्काल मर्मत नभए लोडसेडिङ तालिका निकाल्ने प्राधिकरणको तयारी

64x64
नेपाल लाइभ सोमबार, वैशाख १०, २०७५  १०:५६
1140x725

राजविराज– पावर ट्रान्सफर्मर पड्किएपछि सप्तरीको विद्युत् सेवा प्रभावित भएको छ। नियमित प्रयोग रहेका दुई मध्ये एउटा पावर ट्रान्सफर्मर पड्किएपछि जिल्लाभरि नै चार दिनदेखि विद्युत् अनियमित भएको हो।

सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको विद्युत् आपूर्तिका लागि दुई वटा पावर ट्रान्सफर्मर प्रयोगमा थिए। त्यसमध्ये सदरमुकाम राजविराजका लागि प्रयोग भइरहेको ट्रान्सफर्मर गत शुक्रबार राति पड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।

ट्रान्सफर्मर मर्मतका लागि भइरहेको प्रयास असफल भएपछि एउटै ट्रान्सफर्मरबाट जिल्लाभर आपूर्ति गर्नुपरेकाले विद्युत् अनियमित भएको केन्द्र प्रमुख चन्द्रनारायण साहले बताए। समस्याबारे क्षेत्रीय कार्यालय जनकपुरमा जानकारी गराइसकिएको र मंगलबार प्राविधिक टोली आएर ट्रान्सफर्मरको समस्या पत्ता लगाउने उनले बताए।

‘सकिने भए मर्मत गर्ने र नसकिने भए अर्को व्यवस्था नभएसम्मका लागि लोडसेडिङको तालिका सार्वजनिक गर्ने तयारीमा छौं’, साहले भने, ‘हामीले गर्न सक्ने सबै उपाय गरिसक्यौं, यो समस्या कति दिन चल्छ, भन्न सक्ने अवस्था छैन।’

भारतबाट आएको लाइन ओभरलोड भएर वा अत्यधिक चोरी भएर ट्रान्सफर्मर पड्किएको हुनसक्ने अनुमान छ। तर, ट्रान्सफर्मर कुन समस्याले पड्कियो भन्ने विषय पनि हालसम्म पत्ता लागेको छैन। केन्द्र प्रमुख साहले भने, ‘कारण जेसुकै भए पनि ट्रान्सफर्मरमा समस्या देखियो, जुन अहिलेसम्म पहिचान हुन सकेन।’

विद्युत् अनियमित भएपछि जिल्लाका कुल ६५ हजार उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। चार दिनदेखि लगातार विद्युत् अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको स्थानीयहरु बताउँछन्। विद्युतबाट कारण चल्ने उद्योगधन्दा, सेलर मिल, काठका मिल पूर्णरुपमा प्रभावित छन् भने विद्युत् मार्फत खानेपानीको आपूर्ति भइरहेका आधा दर्जन स्थानका सर्वसाधारण पानीको समस्यामा छन्।

विद्युत् चोरी प्रमुख समस्या

nimb
nimb
Ncell 2
Ncell 2

विद्युत् ट्रान्सफर्मर जल्नु र पड्किनुमा चोरी प्रमुख समस्या रहेको कार्यालयले जनाएको छ। जिल्लाभरि रहेका कुल ५ सय ६५ ट्रान्सफर्मरमध्ये चोरीकै कारण अहिले पनि १५ वटा जलेको केन्द्र पुमख साह बताउँछन्। गाउँ मात्र नभई सदरमुकाममा समेत नाङ्गो तारबाट हुकिङ गरी विद्युत् चोरी गरेर प्रयोग गर्ने प्रवृत्तिले वास्तविक उपभोक्ता मारमा परेको उनी बताउँछन्। 

‘सप्तरीमा सानका लागि पनि बिजुली चोरी गर्ने प्रवृत्ति छ’ उनले भने, ‘घरमा मिटर जडान गरेका धनाढ्यहरु पनि चोरीको बिजुली प्रयोग गरेर गाउँमा रवाफ देखाउँछन्।’

सप्तरीमा ५० प्रतिशतभन्दा बढी विद्युत् चोरी भइरहेको उनले जानकारी दिए। हुकिङ गरी बत्ती बाल्नेदेखि फर्निचर उद्योग तथा कुटानी–पिसानीका मिलहरु समेत सञ्चालनमा आइरहेको भन्दै उनले हुकिङ गर्ने क्रममा ज्यानै जाने र अंगभंग हुनेगरी पटक–पटक भएका दुर्घटनापछि पनि सामान्य आर्थिक प्रलोभनमा परेर सर्वसाधारणहरु विद्युत् चोरी गर्ने काममा सरिक हुने गरेको बताए।

फितलो अनुगमन र कारबाही

चोरी नियन्त्रणका लागि कार्यालयले बेलाबखत अनुगमन तथा संलग्नलाई पक्राउ गरी कारबाही गर्ने गरे पनि प्रभाकारी हुन सकेको छैन। 

कार्यालयले चालु आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा संलग्न ३ सय ९७ जनालाई नियन्त्रणमा लिई जरिवाना गरेको छ। पक्राउ परेकाहरुबाट २३ लाख ९२ हजार २५१ रुपैयाँ जरिवाना असुल भएको तर चोरी नियन्त्रण हुन नसकेको प्रमुख साह नै बताउँछन्।

मिटर बाइपास

हुकिङका साथै मिटर बाइपास गरी बिजुली चोरी गर्नेको संख्या पनि सप्तरीमा अधिक छ। वितरण केन्द्रले कारबाही गर्न नसकेपछि चैत २७ देखि बैसाख २ गतेसम्म केन्द्रबाटै खटिएको विशेष टोलीले सप्तरीका कुल १४ जनालाई मिटर बाइपास गरेको आरोपमा कारबाही गरेपछि यो समस्या बाहिर आएको हो।

१४ मध्ये १२ जनाले सो वापतको जरिवाना बुझाएका छन्। जरिवाना बुझाउनेहरुबाट कुल ११ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना असुल भएको जनाइएको छ। संलग्नहरु १० जना सदरमुकाम राजविराज, १ जना हनुमाननगर र तीन जना रुपनी उपकेन्द्र अन्तर्गतका व्यक्तिहरु रहेको जनाइए पनि पहिचान गोप्य राखिएको छ।

बक्यौता डेढ करोड नाघ्यो

चोरी बाहेक सप्तरीमा महसुल नबुझाउनेको ग्राहको संख्या ४ सय ८७ छ। विद्युत् उपभोग गर्ने तर समयमा महसुल नबुझाउने ग्राहकका कारण बक्यौता रकम बढ्दै गएको कार्यालयले जनाएको छ। तथ्यांक अनुसार हाल १ करोड ६६ लाख २२ हजार ५ सय रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। जसमध्ये यस वर्ष मात्रै ४ सय ८७ जनाको लाइन काटिएको र उनीहरुबाट ८८ लाख ३ हजार ९४० रुपैया असुल गरिएको केन्द्र प्रमुख साहले बताए।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्