• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुनको भाउले अझै अनिश्चित समयसम्म नयाँ रेकर्ड कायम गर्ने

64x64
नेपाल लाइभ शनिबार, साउन १७, २०७७  ०८:२०
1140x725

काठमाडौं- विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। कोभिड १९ को विश्वव्यापी प्रभाव अझै कम हुन सकेको छैन। गत मार्चदेखि विश्व बजारमा सुनको भाउ लगातार बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा विगत ५ महिनाको अवधिमा सुनको भाउ प्रतिऔन्स ५ सय डरले बढिसकेको छ।

लगानीका नयाँ अवसरहरु नदेखिएपछि लगानीकर्ताको ध्यान सुनमा पर्ने कमोडिटी बजारका विश्लेषक दिपेन्द्र बाँस्कोटा बताउँछन्। उनले भने 'कोभिडको प्रभाव अझै कति समयसम्म रहन्छ भन्ने यकिन छैन। लगानीकर्ताहरु सुन बेच्ने भन्दा पनि खरिद गर्ने मुडमा भएकाले सुनको भाउ बढिरहेको छ।'

संकटको समयमा लगानीकर्ताको मनोविज्ञान 'सुन कहिले पनि नुन हुँदैन' भन्ने मान्यता रहेको हुन्छ। सुन चाँदीको बजारमा सेयर बजार जस्तो धेरै उतार चढाव नहुने विश्लेषकहरु बताउँछन्। बढ्न थालेपछि उचाइमा पुग्ने र केहि करेक्सन पछि मात्रै घट्ने प्रवृत्तिले गर्दा यसको मूल्य अझै उचाइमा पुग्ने विश्लेषण गरिएको छ।

विश्व बजारमै सुनको भाउ अत्याधिक बढे पनि कोभिड १९ का कारण सुन खानी बन्द छन्। माग अनुसार उत्पादन नहुँदा मूल्यले आकास छोएको विश्लेषकहरु बताउँछन्। मूल्यलाई माग र आपूर्तिसँगै विश्व अर्थतन्त्रले पनि प्रभावित पारिरहेको हुन्छ। कोभिडका कारण विश्वकै अर्थतन्त्र घट्ने आंकलन गरिएको छ।

विश्वकै केन्द्रीय बैंकले बण्डको व्याजदर घटाइरहेको छ। सुरक्षित लगानीको रुपमा लिइने बण्डको व्याजदर घट्दै गर्दा लगानीकर्ताले उच्च प्रतिफलका लागि सुनमा लगानी गरिरहेका छन्। संसारको वित्तीय प्रणालीमा परिवर्तन हुने आंकलन गरिएको छ। विश्वकै वित्तीय प्रणाली परिवर्तन हुँदा सबैभन्दा धेरै डलरमा दवाव पर्नेछ। वित्तीय प्रणालीको प्रभावबाट बच्नका लागि पनि आम लगानीकर्ताको ध्यान सुनमा गएको विश्लेषकहरु बताउँछन्।

बैंकहरुले नोट निष्काशनका क्रममा बण्ड डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनलाई बढी प्राथमिकता दिँदा सुनको माग बढेको सुनचाँदी व्यवसायी महांसघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले बताए। संसारका अधिकांश केन्द्रीय बैंकहरु नोट निष्काशन गर्दा आवस्यक पर्ने डिपोजिटको रुपमा सुनका साथै बण्ड तथा विदेशी मुद्राहरु राख्थे। बासेल-३ ले बैंकहरुलाई नोट निष्काशनका लागि आवस्यक पर्ने डिपोजिटको रुपमा डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुन जस्ता ठोस बस्तुमा ध्यान दिनु पर्ने मान्यता राखेको छ।

यस नीति अनुसार सन् २०२२ सम्ममा केन्द्रीय बैंकहरुले सुनजस्ता भौतिक डिपोजिटलाई अनिवार्य रुपमा राख्नु पर्नेछ। त्यसैले गर्दा पछिल्लाे समय सुनको नयाँ खरिदकर्ताको रुपमा केन्द्रीय बैंकहरु अगाडि छन्। उनिहरु वर्षेनी सुनको मौज्दात बढाउने पक्षमा छन्। गत वर्षमात्रै केन्द्रीय बैंकहरुले ६५० टनभन्दा धेरै सुन खरिद गरेका थिए। आगामी दिनमा यो क्रम अझै बढ्ने आंकलन गरिएको छ। 

Ncell 2
Ncell 2

नेपाली बजारमा 
चालु आर्थिक वर्षको बजेटमा सुनको आयातमा कर बढाइएको छ। गएका वर्षमा प्रतिकिलो साढे ६ लाख रुपैयाँ भन्सार लाग्थ्यो भने अहिले प्रतिकिलो साढे आठ लाख रुपैयाँ भन्सार लाग्छ। यसले प्रतितोला सुनमा भन्सार मात्रै १० हजार रुपैयाँ पर्छ। यसले मूल्य वृद्धिमा ठूलो असर गरेको मणिक रत्नले बताए।

नेपालमा सुनको भाउ बढ्नुको अर्को कारण अमेरिकी डलरको विनिमय दरले गर्दा पनि हो। हाल नेपालमा अमेरिकी डलरको विनिमय दर १२० रुपैयाँ छ। 
नेपालमा सुनको मूल्य निर्धाण गर्दा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यलाई आधार बनाइन्छ। यसमा आयात खर्च, सञ्चालन खर्च, बैंकको ०.५० प्रतिशत र डिलरको ०.५ प्रतिशत जोडेर मूल्य निर्धाण गरिन्छ।

लकडाउन अगाडि सुनचाँदी व्यवसायी महासंघले मात्रै मूल्य निर्धारण गर्दै आएकोमा पछिल्लो समय रत्न आभुषण महासंघले पनि मूल्य निर्धाण गर्न थालेको छ। दैनिक १०औं किलो सुन खपत हुने नेपाली बजारमा थोरै मात्रै बढी मार्जिन लिन सकियो भने लाखौ रुपैयाँ नाफा हुने भएपछि व्यवसायीहरुमा मूल्य निर्धारणलाई लिएर विवाद हुने गरेको छ।

लकडाउनपछि दुवै संस्थाले मूल्य निर्धारण गरे पनि आवश्यक छलफल गरेर एउटै मूल्य तोकिने शाक्यले बताए। अन्तर्राष्ट्रिय बजारमा सेकेण्डमै मूल्य फरक फरक हुन्छ। अन्तर्राष्ट्रिय बजारमा ०.५ प्रतिशतसम्मको तलमाथि भएको अवस्थामा नेपाली बजारमा सामान्य लिइन्छ। यसले सुनको मूल्यमा खासै तलमाथि पार्दैन। त्यस भन्दा माथिको उतार चढाव पछि भने मूल्यमा केहि फरक पर्न जान्छ। दुवै संस्थाको मूल्यमा फरक आउनुकाे कारण अन्तर्राष्ट्रिय बजारको कुन समयको मूल्यलाई आधार बनाउने भन्ने विषयले गर्दा विवाद भएको शाक्याले बताए।

पछिल्लो समय नेपाली बजारमा सुनको माग नगन्य छ। तर, सुन बेच्न आउनेको संख्या भने बढिरहेको छ। भाउको कारणले बजारमा बिक्रीका लागि ग्राहकहरु आउने गरेका छन्। यस्तो अवस्थामा बिक्री गर्नेलाई सहज भएको व्यवसायी शाक्यले बताए।

बजार बढ्दो क्रममा रहेकाले पनि व्यवसायी सुन किन्ने अवस्थामा पुगेका हुन्। तर, कतिपय व्यवसायीले सुन किन्न सकिरहेका छैनन्। लकडाउनपछि सुन बिक्री गर्नेको संख्या बढ्ने आंकलन गरिए पनि सोचिएअनुसार नभएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्