काठमाडौं– कुवेतमा समस्यामा परेका १५५ नेपाली शुक्रबार (भोली) स्वदेश फर्कने भएका छन्।
कुवेतस्थित नेपाली दूतावासका अनुसार आफ्नै खर्चमा फर्कन सक्ने उनीहरुलाई हिमालय एयरलाइन्सले लिएर फर्कनेछ।
सूचीमा नाम भएकाहरू बिहीबार राती ९ बजेअघि नै विमानस्थल पुगिसक्नुपर्ने दूतावासले जनाएको छ।
कर्फ्यु बाहेकको समय बिहान ३ बजेदेखि बेलुका ९ बजेसम्ममा विमानस्थल पुगिसक्नुपर्ने भएकाले समयमै पुग्न दूतावासले सुझाएको छ। शुक्रबार नै दोस्रो उद्धार उडान पनि तय भएको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।