• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ओई, घर किनिस्?

रमेश ज्ञवाली आइतबार, साउन ११, २०७७  १५:१२
1140x725

कोरोना महामारीपछिको लकडाउन सुरु नहुँदै पोखरा पुगेका श्रीमती र छोरालाई लकडाउन अलि खुकुलो भएपछि काठमाडौं ल्याउने विचारले म वडा कार्यालय पुगें पासको लागि सिफारिस बनाउन। सरकारले वडाको सिफारिसमा जिल्ला प्रशासनले पास जारी गर्न सक्ने सूचना निकालेपछि म सरकारी सूचनाको अक्षरस पालना गरी त्यहाँ पुगेको थिएँ। आफ्नो कुरा बेलिविस्तार लगाएपछि वडाकी कर्मचारीले लेख्दै गरेको सिफारिस बन्द गरिन् जब उनले थाहा पाइन्, त्यहाँ मेरो घर छैन र म डेरामा बस्ने हो। सरकारी सूचनामा कतै पनि आफ्नो घर हुनेले पास पाउने र डेरावालले नपाउने भन्ने उल्लेख थिएन। म उनीसँग बाझ्न वा उनको हाकिमसँग भेटेर कुरा गर्न सक्थें तर आफ्नो मनस्थिति परिवर्तन गरी त्यहाँबाट निस्कें।

मैले प्रत्यक्ष व्यहोर्न त परेन तर कोरोना संकटमा डेरावालहरुले कोरोनाको त्राससँगै घरधनीहरुको तितो व्यवहार भोग्नु परेको देखियो। डेरावाल चाहिं कोरोना सार्नकै लागि बनेजस्तो वा उनीहरु संक्रमणप्रति सचेत नभए जस्तो गरेर घराबाटै निकाल्ने वा चाहिनेभन्दा वढी निगरानी गर्ने र घर गएकालाई नफर्कन दबाब दिने गरेको पाइयो।

यो ठाउँ छोडेर बाहिर गएका पनि त आफ्नो ज्यूज्यानको माया गरेर जोगिएरै बसेका होलान् नि। उदाहरणको लागि काठमाडौंभन्दा पोखरामा संक्रमितको संख्या सधैं कम रह्यो तर मैलै पोखराबाट परिवारलाई बोलाउन सकिनँ, कारण छरछिमेकबाट हुनसक्ने सम्भावित नमिठो व्यवहार, यो सबैको जड चाहिं म डेरावाल हुनु थियो।  

लामो समय सहरको बसाइ र डेरावाल हुनुका अनगिन्ती तिता-मिठा भोगाइहरु होलान् धेरैका। गतिशील समय र समाजमा अहिलेका सहर र समाज निर्माणमा म जस्ता डेरावालको आर्थिक, सामाजिक, शैक्षिक वा राजनीतिक योगदान पनि धेरै नै होला।

घर छोडेर काम विशेषले जहाँजहाँ पुगिन्छ, त्यहाँत्यहाँ एक थान घर बनाउन सबैलाई कहाँ सम्भव होला र? सहर वा घरधनीको मात्र के कुरा, सायद सहर छिरेको घेरै वर्ष भएर होला, अब त भाइसाथी र आफन्तले पनि मलाई डेरावालको रुपमा देख्न नचाहेको अनुभूति भएको छ।

केही वर्ष पहिले 'ओई विहे गरिस्?'  वा 'बच्चाबच्ची कति छन् त?' भन्नेले आजकल  पहिलो प्रश्न नै 'ओई घर बनाइस्?' वा एक कदम अगाडि बढेर 'घर कहाँ बनाइस् रे?' अझै कतिले त 'के हो यार घर पनि नदेखाउने, कत्ति न हाम्ले खाइदिने जस्तो?' यस्ता प्रश्न व्यंग्य हो कि अपेक्षा? पत्तो पाउन सक्दिनँ म कहिलेकाहीं।

अजिव जब लाग्छ तब केही वर्षअघि डेरामै बस्न पनि मुस्किलमुस्किल पर्ने साथीकी श्रीमती अहिले घर एउटा घर किनेपछि भन्दिनुहुन्छ, 'सर त कहाँ हामी जस्तो एक तला हो र ठूलै महल किन्ने भनेर अझै डेरामा बस्नुभएको होला नि?' मलाई विश्वास छ, ती साथीकी श्रीमतीले अर्को पटक भेट्दा मलाई 'आइस्यो गैस्यो' मा दनक दिनुहुने छ किनभने कतिपय मित्रजनले घर किनेकै कारण मलाई पहिले 'सर', पछि नाममा 'जी'  अनि गाडी पनि थपेपछि 'भाइ' भन्न थालेको विर्सेको छैन। अनि, कतिपयसँग पहिलो पटक फोनमा कुरा भएको हुन्छ, 'म फलानो ठाउँबाट फलानो बोल्दै छु' भन्न नपाउँदै काम कुरो अर्केतिर छ, कुराको सुरुवातमा उताबाट आउँछ, 'ए ए, अनि त्यहाँ तपाइँको घर कि डेरा रे?' भनेपछि अब मैले फोन गर्दा, 'नमस्कार म गुल्मी जिल्ला घर भई हाल ललितपुरको इमाडोलमा डेरामा बस्ने वर्ष यतिको रमेश बोल्दै छु' भन्नु पर्ने हो कि?

मानिसका आफ्नै कथा, व्यथा, चाहना वा वाध्यता हुन्छन्, अनि आफ्नै योजना पनि। तर आजकल मेरो उमेर पनि त्यस्तै भएर होला म डेरावाल भएको धेरै शुभचिन्तकलाई पिरै पर्न लागेकोमा दुखित छु। आफन्त वा पुराना अनि नयाँ साथीभाइको जमघट वा कुनै सामाजिक वा पारिवारिक कार्यक्रममा सबै विषयवस्तुलाई मेरो डेरावाल जिन्दगीले ओझेल पार्न लागेको छ। यसो कहिलेकाहीं विदेशतिर पनि पुग्ने गरेकोले होला कतिपयको झटारो हुन्छ, 'त्यत्रो डलर ल्याएर कता हालिस् हँ?' मानौं यो प्रश्नकर्तालाई मैले कति डलर ल्याएँ भन्ने बैंक स्टेटमेन्ट नै देखाएझैं, जब कि म डलर हुने देशमा खासै धेरै समय बसेकै छैन।

nimb
nimb
Ncell 2
Ncell 2

खोई अहिलेको सामाजिक संरचना कस्तो भयो? टोल-छिमेकमा ठूलै महल बन्यो भने हामी वाहवाह भन्छौं, त्यो घरधनीलाई ठूलै मान्छौं। हामीले किन नसोच्ने, त्यत्रो महल ठडिन कति रकम लाग्यो होला? स्रोत के होला? अनि त्यसको कर सरकारलाई तिरिएको होला? कसैको प्रगतिमा रीसराग गर्नु त परेन, तर आफ्नो वरिपरिको गतिविधि निगरानी नगर्ने, हरेक कुरामा आँखा चिम्लने अनि देश बनेन भनेर रोइकराइ गर्ने, यो लय अलि मिलेन कि?

अहिले हामीलाई कसले कुन क्षेत्रमा केकस्तो योगदान गर्दैछ, आफ्नो विधामा राम्रै पो गरेको होला कि वा वैज्ञानिक बनेर केही आविष्कारै गरेको छ कि, त्यसको केही सरोकार छैन। उसले घर छोडेको वा फलानो देश वा सहर बस्न लागेको यति भयो भनेपछि जमिन कता किन्यो? घर कता वा कत्रो बनायो वा कुन ब्राण्डको गाडी छ, गाडी हो भने नयाँ होकि पुरानो किनेर काम चलाएछ? अहिले हामी यिनै प्रश्नको वरिपरि फनफनी घुमिरहेका छौं। हुन त ती सबै काम गरिरहँदा पनि घरै बनाउन नहुने भन्ने हैन, तर हाम्रो अर्जुनदृष्टि कता छ भन्न खोजेको मात्र हो।

जसरी आप्रावासीहरुलाई रैथानेले विभेद र हेयको दृष्टिले हेर्छन्, डेरावाललाई यता त्यस्तै आँखाले हेर्ने गरेको अनुभूति हुन्छ। आप्रवासीको रगत-पसिनामा ती देश बने अनि हामी एक ठाउँबाट अर्को ठाँमा पुगेर गरेको मिहिनेतले तपाई हाम्रा ठाउँ वा सहर गुल्जार भएका होइनन् र?

रैथानेले बाहिरको मानिसलाई वा घरवालाले डेरावाललाई दोस्रो दर्जाको वा आउटसाइडरको व्यवहार गर्ने सोचमा परिवर्तन गर्नु जरुरी देखिन्छ। हुन त अलि अस्तिसम्म डेरामै बस्नेहरु अर्थात् नवघरवालाहरुको चुरीफुरी हेर्दा भने रमाइलो नै हुन्छ। मलाइ एउटा घरबेटीले त 'डेरावालाले पनि फ्रिज र वासिङ मेसिन राख्छन्?' भनेर झपारेकै छन्।

वास्तवमा आफ्नै घरमा बस्नुको आनन्द डेरामा त कहाँ होला र। त्यो त बीसौं वर्ष डेरामा बस्नेलाई झनै थाहा होला। त्यसैले उसको घर भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने शुभचिन्तकहरुको मागलाई मैले सकारात्मक रुपमै लिएको छु।

मलाइ याद छ, भूकम्पपछि मैले घरबेटीसँगका केही रमाइला किस्साहरु फेसबुकमा राखेपछि एक जना शुभचिन्तकले गम्भीर भएर लामै लिखित सुझाव दिनु भएको थियो, 'के घरबेटी घरबेटी भन्दै अनेक थोक लेखेको? अहिलेसम्म एउटा घर पनि किनेको रहेनछ भनेर सबैलाई थाहा दिनुपर्छ?' अर्थात् म डेरावाल हुँ भनेर इज्जत फाल्ने काम बन्द गर्नुपर्योई मैले। त्यो लिखित सुझावको जवाफ मैले अहिलेसम्म दिएको छैन।

अन्त्यमा, यो अनुभूतिलाई मेरो डेरावाल हुनुको कुण्ठाभन्दा पनि अहिलेको समयको हाम्रो चिन्तनको रुपमा बुझिदिनु पर्ला र मेरा धेरै शुभचिन्तकहरुको प्रश्न 'ओई घर किनिस्?' को सामूहिक जवाफ पनि, ताकि अब हाम्रो भेट हुँदा यो मिठो प्रश्न सोध्ने कष्ट उहाँहरुलाई नहोस।

@gyawaliramesh

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्