काठमाडौं- गीतकार डिपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ। डिलाइटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोत्तम सुवेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोत्तम सुवेदीकै रहेको छ।
गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव झल्किएको छ। मायाप्रीतिकै कथावस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतले अभिनय गरेका छन्।
ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने कोरियोग्राफी प्रवीण थापा र सम्पादन तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।