Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चलचित्रको कथा समाजका लागि बोझ बन्नुहुन्न : डा युवराज खतिवडा

64x64
रासस शुक्रबार, साउन ९, २०७७  २२:३६
1140x725

काठमाडौं- चलचित्र समाजको ऐना हो। श्रव्य/दृष्यमा समेटिएका कुरा अन्य माध्यमको भन्दा बढी वस्तुगत र प्रभावकारी हुन्छ। विषय भद्दा र अतिरञ्जित हुँदा त्यसले समाजलाई बढी बेफाइदा गर्छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा पनि चलचित्रमा भद्दा हुन नहुनेमा जोड दिन्छन्। 

चलचित्रमा समेटिएका विषयवस्तु समाजलाई भारी बोक्ने खालको हुन नहुनेतर्फ उनले चलचित्रकर्मीको ध्यानाकर्षणसमेत गराएका छन्। ‘कथा समाजका लागि बोझ बन्न हुँदैन, हाँस्दाहाँस्दै, हसाउँदा हसाउँदै सन्देश दिन सक्नुपर्छ,’ चलचित्र विकास बोर्डमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री डा खतिवडाले भने, ‘चलचित्र मनोरञ्जनात्मक साथै सन्देशमुलक हुनुपर्छ।’

मन्त्री खतिवडाले विसं २०२४/२५ सालमा आफूले हेरेको नेपाली चलचित्र अहिले पनि ताजा स्मरणमा रहेको सन्दर्भ जोड्दै चलचित्रको महत्व यसबाट पनि प्रष्ट हुने बताए। मुलुकको पहिलो ‘आमा’ चलचित्रको सानो अंश प्रस्तुत हुँदा मन्त्री खतिवडा आफ्नो विगत सम्झन पुगेका थिए।

उनले मुलुकको परिवर्तन र सामाजिक मूल्य मान्यतासम्बन्धी अमिट छाप राख्ने भएकाले चलचित्र समाज सचेतनाका लागि चलचित्र प्रभावकारी माध्यम भएको समेत बताए। चलचित्रले गौरवपूर्ण इतिहास बोक्ने र त्यसको संरक्षण पनि उत्तिकै जरुरी रहेको उल्लेख गरेका थिए। ‘समाजलाई सन्देश दिन श्रव्यदृष्य सामग्री बढी ओझपूर्ण हुन्छ। सञ्चारको सशक्त माध्यम चलचित्रमा भद्दा र नकारात्मक सन्देश प्रवाह भयो भने त्यसले आम समुदायलाई नै नकारात्मक बनाइदिन्छ’ उनले भने। 

चलचित्रको स्क्रिप्टदेखि नै समाजको मूल्य, मान्यता, संस्कार, संस्कृति र मुलुकको गौरवपूर्ण इतिहासलाई तथ्यपरक ढङ्गबाट सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ। सम्बोधनका क्रममा मन्त्री खतिवडाले त्यसतर्फ सङ्केत गर्दै चलचित्रकर्मीलाई विशेष ख्याल गर्न सुझाव समेत दिए।

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री खतिवडालाई स्वागत गर्न चलचित्र विकास बोर्डले उक्त आयोजना गरेको थियो। सोही क्रममा उनले बोर्डको स्थलगत निरीक्षणका साथै कोभिड–१९ का कारण मुलुकको चलचित्र क्षेत्रमा परेको असरका विषयमा जानकारी लिएका थिए। 

सरकारका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले विश्व नै कोभिड–१९ को प्रभावबाट अछुतो नरहेको बताए। जोखिम न्यूनीकरण गर्दै आर्थिक गतिविधिलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने मुलुकसामु चुनौती खडा भएको मन्त्री खतिवडाले धारणा राखेका थिए। ‘सरकारले स्वास्थ्य जोखिम कम भएर लकडाउन हटाएको होइन, दैनिक जनजीवनमा नै अप्ठ्यारो परेकाले सहजीकरण गरिएको हो, आम नागरिक थप सचेत हुनु जरुरी छ,’ मन्त्री खतिवडाले भने। चलचित्र क्षेत्रमा जस्तो असर परेको छ मुलुकको अर्थतन्त्रमा उस्तै असर परेको स्मरण गराउँदै मन्त्री खतिवडाले लगानी ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन सरकारले आवश्यक व्यवस्थापन गर्ने आश्वासन समेत दिए। 

कार्यक्रममा विदेशी चलचित्रकर्मीलाई छायाङ्कनमा आउँदा कर छुट गर्नुपर्ने विकास बोर्डको मागप्रति सङ्केत गर्दै मन्त्री खतिवडाले नेपालको प्राकृतिक वैभव सित्तैमा उपयोग नहोस् भनेर कर लगाएकाले सबै कर छुट हुन नसक्ने स्पष्ट पारेका थिए। अहिलेको समय भनेको चलचित्रकर्मीले स्वयत्तताका लागि नीति नियम बनाउने र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यान दिन उनले सुझाव दिएका थिए। 

उनले स्टोरी बैंक, डिजिटलाइजेसन, सेन्सर प्रणालीलाई व्यवस्थित गर्ने विषयमा भने सञ्चार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए। यस्तै चलचित्रकर्मीको वृत्ति विकास जीवनवृत्तिका सवालमा सरकारले पनि सम्झने उनको भनाइ थियो। मन्त्री खतिवडाले बिस्तारै धेरै सेवाहरू सहजीकरण गर्दै गएकाले उचित स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र हल सञ्चालन गर्ने विषयमा सरकारले ध्यान दिएको समेत बताए। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जतिसुकै चुनौती भए पनि मुलुकमा चलचित्र क्षेत्रलाई माथि उठाउनुको विकल्प नभएको बताए। उनले चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि पनि बोर्डले केही गर्नुपर्ने आवश्यकता महसुश गरेको बताए। दाहालले कोरोनाका कारण अति प्रभावित बनेको चलचित्र क्षेत्रलाई सरकारले छिट्टै सम्बोधन गर्ने आशा व्यक्त गर्दै आगामी दिनमा छायाङ्कन हुने चलचित्रका लागि प्रोत्साहन जरुरी रहेको औँल्याएका थिए। मन्त्री खतिवडाले उक्त विषयमा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्