• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रिहा भए पत्नि हत्याका दोषी पूर्वडिआइजी रञ्जन कोइराला

64x64
नेपाल लाइभ बिहीबार, साउन ८, २०७७  ११:४५
1140x725

काठमाडौं–सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन्।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई थुनामुक्त गरेको हो। सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले कोइरालालाई थुनामुक्त गरिएको जेलर गणेश आचार्यले बताए। 

कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो। सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्। 

यस्तो थियो घटना 

डिआइजी कोइराला र श्रीमती गीता कोइराला (ढकाल) का बीचमा सम्बन्ध राम्रो थिएन। उनीहरु अलग्गै बस्दै आएका थिए। उनीहरुका २ छोरा छन्। गीता एकाएक बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे। तर पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले गीतालाई बेपत्ता पारेको दाबी गर्दै माइती पक्षले हनुमानढोकामा उजुरी दर्ता गराएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयमा हनुमानढोकामा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। बहालवाला डिआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि अनुसन्धान पनि निकै जटिल र दबाबपूर्ण थियो। प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन। तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाव सिर्जना भएको थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्व दिएर उठाएका थिए। 

यही दबाबका बीच प्रहरीले रञ्जनलाई बयानमा बोलाएको थियो। उनी उपस्थित भएर हरेक पटक आरोप अस्वीकार गरिरहे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तै बयान दिने गरेका थिए। तर, माइती पक्षले भने रञ्जनले नै अपहरण गरेको जिकिर गरिरहेका थिए।

रञ्जनको वैवाहिक जीवन सुरुदेखि नै तनावग्रस्त रहेको थियो। त्यतिबेला उनीहरु अलग बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो। रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो। 

गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राती साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान ५ बजेतिर फर्केको ‘क्लू’ प्रहरीलाई हात लाग्यो। त्यसपछि हरेक गतिविधिमाथि निगरानी बढाइयो। 

२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँनजिक यसरी शव जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेका थिए। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेका थिए। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका समेत थिए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भएका थिए। 

रञ्जन घटनास्थल पुगेको खबर हनुमानढोकामा पुगेलगत्तै पक्राउ गर्न सर्कुलर गरिएको थियो।  त्यहाँबाट फर्किने क्रममा नागढुंगाबाट पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेस्ट गरियो। त्यसबाट पनि शव गीताकै भएको प्रमाणित भयो। 

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै कपडाले घाँटी थिचेर हत्या गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर शव जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्