काठमाडौं– राजधानीको ठमेलबाट प्रहरीले एक युवकलाई लोडेड पेस्तोलसहित पक्राउ गरेको छ।
हेटौंडा घर भई निजगढ बस्ने २० वर्षीय पुकार शिकारीलाई प्रहरीले शनिबार दिउँसो ठमेलको ज्याठाबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई 'मेड इन युएसए' लेखिएको ५ राउन्ड गोलीसहित पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनी पेस्तोल बेच्न काठमाडौं आएको खुलेको छ।
उनको गिरोहबारे अनुसन्धान भइरहेको डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।