फाइल तस्बिर
काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक फेरि स्थगित भएकाे छ। आज ११ बजेका लागि तय भएकाे बैठक दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे हाे।
गत असार २६ गते स्थागित भएको बैठक सातदिनपछि शुक्रबार बिहान ११ बजेका लागि बोलाए पनि चार घण्टा पर सारिएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
पार्टीभित्र विवाद बढ्दै गएपछि सहमति हुन नसकेपछि लगातार स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। बैठक अघि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल जारी छ।
नेकपा स्थायी कमिटीकाे बैठक असार १० गतेदेखि सुरु भएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।