काठमाडाैं- नेकपा स्थायी कमिटी बैठक बस्नु अघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेकाे छ। बिहान साढे ९ बजेदेखि अध्यक्षद्वयबीच भेटघाट भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
नेकपाकाे स्थायी कमिटी बैठक पछिल्लाे पटक सात दिन अघि स्थगित भएकाे थियाे। याे बीचमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक पटक छलफल भएकाे छ। स्थगित बैठक आजका लागि तय भएकाे छ।
पार्टीमा विवाद भएपछि अध्यक्षद्वयले ६ पटक 'वान टु वान' वार्ता गरिसकेका छन्। दुई पटक सचिवालय र स्थायी कमिटी सदस्यहरुलाई राखेर छलफल भएकाे थियाे। पार्टीमा विवाद बढ्दै गएपछि ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् भने अध्यक्ष प्रचण्डलगायतका नेताहरुले दुवै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।
अध्यक्षद्वयबीको संवादबाट सहमति ननिस्केपछि बिहीबार बेलुका अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको खुमलटारमा भएकाे भेलाले एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।