काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन गरिएको माग उनले अस्विकार गरेका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओली भने असन्तुष्ट पक्षको बोली सुन्नै तयार नभएको बताइएको छ।
शुक्रबार बोलाइएको स्थायी कमिटीको बैठकअघि सहमति खोज्न भएको छलफल आ–आफ्नै अडानबीच सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।