काठमाडौं-नेपाली कांग्रेसले विपत व्यवस्थापनको उच्चस्तरीय तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पीडितको तत्काल युद्धस्तरमा उद्दार गर्न पनि सरकारसँग कांग्रेसले माग गरेको छ।
गए राति सिन्धुपाल्चोकको भोटेकोसीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति पनि कांग्रेस दुःख व्यक्त गरेको छ। बाढीमा परेर हालसम्म २ जनाको मृत्यु हुनाको साथै २ जना गम्भीर घाइते छन् भने १४ जना हराइरहेका छन्। भारी वर्षाका कारण अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ।
थप मानवीय र भौतिक क्षति रोक्न उक्त क्षेत्रमा उद्धार टोली खटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्। देउवाले जिल्लाका नेता–कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।