एजेन्सी–आफूलाई कोरोना भाइरस भएको घोषणा गरेका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
गत मंगलबार आफ्नै निवासमा केही टेलिभिजन पत्रकारसमक्ष बोल्सोनारोले परीक्षण गर्दा आफूमा कोरोना पोजिटिभ देखिएको बताएका थिए। त्यसक्रममा पत्रकारहरुले सामाजिक दूरी नपअनाई उनको छातिमा माइक्रोफोन राखेका थिए।
सो घटनापछि सीएनएन ब्राजिल, रेकर्ड टिभी तथा ब्राजिलको सरकारी सञ्चार कम्पनी इबिसीका पत्रकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ। पत्रकारहरुलाई परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आए काममा फर्काइने सम्बन्धित सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।