• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

फेरिएको नाम राख्ने प्रचलन

विष्णु खरेल  बुधबार, असार २४, २०७७  १९:०७
1140x725

केही महिनाअघि, मेरो मिल्ने एउटा साथीलाई उसको काम गर्ने होटेलमा भेट्न गएको थिएँ। काम सकिएपछि मैले कुरिरहेको टेबलमा ऊ आयो। साथमा केही उसका सहकर्मी पनि थिए। कुराकानीका क्रममा सबैले एकअर्कालाई उनीहरुको पहिलो या बोलाउने नामले नै सम्बोधन गरिरहेका थिए। तर उसको हकमा ठीक उल्टो थियो। उसको नाम त यहीँको जस्तो छ, अझ जर्मन नाम नै हो, यो नाम त उनीहरुलाई अझै सजिलो हुनुपर्ने हो तर उसैलाई मात्रै किन थरबाट बोलाइरहेका छन् भन्नेमा कौतुहलता जाग्यो। उसलाई कारण सोधें। निधार खुम्च्याउँदै उसले भन्यो, ‘मेरो नाम बुवाआमाले रखिदिनु भएको हो। तर, जब मेरो नाम भन्छु तब सबैजना अचम्मित पर्छन्, कोही त मुख बिगार्दै सोध्छन् कि तँ त इन्डियन या एसियन जस्तो देखिन्छस् अनि किन जर्मन नाम राखेको? कि तँलाई यहाँ कसैले धर्मपुत्र बनाएर ल्याएको हो? यस्ता अनेक प्रश्नको जवाफ दिँदादिँदा टाउको दुख्छ, त्यसैले म मेरो नामभन्दा थर प्रयोगमा ल्याउँछु। यो नै मेरो लागि अनेक प्रश्नबाट बच्ने सजिलो उपाय भएको छ।’ (गोपनियताका कारण यहाँ उसको नाम राख्न उपयुक्त ठानिनँ।)

उसको मनोदशा बुझ्दा त्यतिबेला उसको कुरा ठीकै हो भन्नेमा म पनि पुगें। साँच्चै, अमेरिकाका राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको नाम कृष्णप्रसाद ट्रम्प भनियो भने हामीलाई कस्तो लाग्छ या महारानी एलिजाबेथ आलेक्सान्द्रा मरि विन्डसोरलाई सीतादेवी विन्डसोर भन्दा कस्तो सुनिएला?

अवश्य सामान्य लाग्दैन। त्यसकारण त्यो साथीको हकमा पनि नेपाली व्यक्तिको नाम जर्मन लवजमा सुन्दा उसका सहकर्मीहरुलाई पक्कै असामान्य लागेरै त्यस्तो व्यवहार गरेका हुनुपर्छ। यो त एउटा प्रतिनिधि घटना मात्रै हो। अहिले नेपालमा उत्तर-आधुनिक हुने होडबाजीमा आफ्नो माटो सुहाउँदो नाम नराख्ने प्रचलन बढ्दो छ। तत्काल यसबाट त्यस्तो कुनै असर परिहाल्ला भन्ने हामीलाई नलाग्ला तर इतिहासमा नामकै विषयमा अध्ययन भएमा हाम्रो अस्तित्व पक्का भेटिनेछैन।

आफ्ना बालबालिकाको नाम राख्दा एकपटक राम्रैसँग दुरदर्शी भएर सोच्ने गरौं। किनकि मानिसको रुप, रङ, भौतिक, अभौतिकलगायत धेरै कुराहरु परिवर्तनीय छन्, तर हाम्रो नाम (नागरिकतामा उल्लेख भएको) त्यस्तो चिज हो जो सदैव अपरिवर्तनीय जस्तै छ। मानिसको नामले उसको व्यक्तित्वका अलावा देश, भाषा, संस्कृति र समुदायको पहिचानलाई प्रतिबिम्बित गर्दछ। यो विश्वव्यापी मान्यता पनि हो। अझ भनौं जसले आफ्नो परम्परा वा पहिचानको सम्मान गर्दैन, उसको सम्मान अरुबाट हुन्छ भनेर आशा गर्नु मुर्खता हो। जसले आफ्नो अस्तित्वको रक्षा गर्दैन, उसको अस्तित्वको अरु कसैले रक्षा गरिदेला भनेर सोच्नु झन् पटमुर्खता शिवाय केही होइन।

नाम धर्मअनुसारकै हुनुपर्छ भन्ने छैन, मात्र माटो सुहाउने वा मौलिकता झल्कने हुनुपर्दछ।

आफ्नो अस्तित्व र पहिचानविहीन मानिस अलमल वा दोधारमा अल्झिरहन्छ। त्यो समाज र उसको देशमा विग्रहको लागि ऊ ‘पपेट’ वा ‘स्पाई’ बन्न पनि सक्छ। जब-जब कुनै शत्रुले कुनै देशलाई तहसनहस वा खण्डित गर्ने सोच राख्छ भने सबैभन्दा पहिले यस्तै अलमल र दोधारमा परेका व्यक्ति तथा समुदायलाई आफ्नो वशमा पार्छन् र उनैमार्फत त्यो देशमा विग्रहको विजारोपण गर्छन्। यसको उदाहरणका रुपमा पूर्वी युगोस्लाभिया, सिरिया, सुडान, नाइजेरिया र भारत आदि राष्ट्रलाई लिन सकिन्छ।

हाम्रो नाम पहिचान हो, हाम्रो संस्कृति, सम्पदा र धार्मिक, सांस्कृतिक मूल्यमान्यताको चिनारी हो,  जसको इज्जत गर्न सक्नुपर्छ। नत्र हामी ‘आइडेन्टिटी क्राइसिस’मा पर्ने खतरा बढेर जान्छ। जसले आफ्नो संस्कृतिको सम्मान गर्छ उसलाई अरुले पनि मान गर्छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको मन्त्रिमण्डलमा तीनजना भारतीय मूलका बेलायतीहरु मन्त्री छन्। उनीहरुले स-सम्मान मुख्य मन्त्रालयहरुमा सेवा गर्ने मौका पाएका छन्। अर्थमन्त्री ऋषि सुनाक, गृहमन्त्री प्रीति पटेल र व्यापार, ऊर्जा र औधोगिक रणनीति मन्त्रालय आलोक शर्माले सम्हालेका छन्। कोरोना भाइरसका कारण प्रधानमन्त्री जोन्सन आराममा रहँदा उनको कार्यभार पनि ३९ वर्षीय अर्थमन्त्री सुनाकको काँधमै थियो। उनीहरु उही भारतीय मुलकै नाममा पनि बेलायतजस्तो विशाल र गौरवशाली इतिहास बोकेको देशको मन्त्री बन्न सफल भए। यसले उनीहरुको विरासत र सम्पदाको शिर ठाडो बनाउन सहयोग गरेको अवश्य छ। संयुक्त राष्ट्र संघका यसअघिका महासचिवहरु वान कि मुन, कोफी अन्नान, अमेरिकी पूर्वराष्ट्रपति बाराक हुसेन ओबामा, गुगल कार्यकारी सुन्दर पिचारी, माइक्रोसफ्ट कार्यकारी सत्य नदेल्लादेखि यस्ता धेरै नाम छन् जो विश्वकै शक्तिशाली पदमा छन् तर उनीहरुको नाम आफ्नै मुलसँग जोडिएको छ। त्यहाँ पुग्न उनीहरुलाई कहिल्यै आफ्नो नाम बाधक बनेन।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो संस्कृतिलाई छोडेर अरुको संस्कृति अँगाल्दा आधुनिक र सहरिया भइन्छ भन्ने हामीहरुलाई भ्रम छ भने त्यो त्याग्नु जरुरी छ। आज युरोप तथा पश्चिमी देशहरुमा धर्म नमान्नेको संख्या अत्यधिक बढेको छ। लगभग ३८ प्रतिशत युरोपियनले धर्ममा आस्था राख्दैनन्। जर्मनीमा यो संख्या करिब कूल जनसंख्याको २८ प्रतिशत छ। तर पनि उनीहरुले आफ्नो सन्तानको नाम आफ्नै संस्कृति तथा परम्पराअनुसार राख्न छोडेका छैनन्। मुस्लिम समुदाय त झन् आफ्नो परम्परा र धर्मअनुसारको नाम राख्न कट्टर मानिन्छन्। धर्मनिरपेक्ष राष्ट्रमा पनि आफ्नो नाम आफ्नै परम्परागत माटो सुहाउने राख्ने चलन छ।

मैले काम गर्ने संस्थामा संसारभरिका मानिसहरुलाई भेट्ने मौका मिल्छ र समान संस्कृति भएका देशका मानिसहरुको नाम एकै खालका लाग्छन्। र ती नामहरु सदियौंदेखि प्रचलनमा छन्। रसियातिर भ्लादिमिर, पेट्रो, नतासा, तानिया, पश्चिमी युरोपमा डानियल, एलेक्सजेन्डर, म्याक्स, क्रिस्टिना, लओरा, अरबिक तथा मुस्लिम राष्ट्रमा मोहम्मद, अलि, हसन आदि नामहरु अत्यधिक प्रयोगमा छन्। तर, उनीहरुले यस्ता नामहरु पुरानो जमानाको अथवा ‘पाखे’ भनेर राख्न छोडेका छैनन्। बरु आफ्नो पनमा गर्व गर्छन्। यसले उनीहरुको उन्नतिमा साथ पनि दिएको छ। त्यसैले आफ्नोपनमा गर्व गर्न सिकौं। हाम्रो शब्दकोशमा नामको कमी छैन, हाम्रो संस्कृति पनि गौरव गर्न लायक छ र यसको संसारभर राम्रो इज्जत पनि छ ।

नाम धर्मअनुसारकै हुनुपर्छ भन्ने छैन, मात्र माटो सुहाउने वा मौलिकता झल्कने हुनुपर्दछ। अथवा नाम सुनेरै थाहा होस् कि यो नेपाली हो, नत्र त भोलि दाजुभाइले पनि एकअर्कालाई आमनेसामने नदेखेसम्म नामले मात्रै त नचिन्ने वातावरण आउन सक्छ।

नेपालमा भने न्वारनमा एउटा, जन्मदर्तामा अर्को, युवाअवस्था हुँदै सामाजिक सञ्जालमा फरक-फरक नाम राख्ने प्रचलन छ। यस्तो चलन सायदै अन्य मुलुकमा होला।

पश्चिमी देशहरुमा आफ्नो सन्तानको नाम मनलाग्दी राख्न नपाइने रहेछ। जसको अनुगमन र नियमनका लागि पनि एउटा छुट्टै निकाय हुँदोरहेछ। जर्मनीमा बच्चा जन्मिएपछि आमाबाबुले एउटा फाराम भर्नुपर्ने हुन्छ। जहाँ आफूले छोराछोरीको राख्न चाहेको नाम उल्लेख गर्नुपर्ने हुन्छ। उक्त फाराम सरकारको गाउँपलिका वा नगरपालिकाको एक विशेष कार्यालयले हेर्छ। आवश्यक प्रक्रियापछि मात्रै उक्त कार्यालयले नामको हकमा स्वीकृति दिन्छ। स्वीकृति मिलेको नाम नै उक्त बच्चाको आधिकारिक र एक मात्र औपचारिक नाम हुने रहेछ। नेपालमा भने न्वारनमा एउटा, जन्मदर्तामा अर्को, युवाअवस्था हुँदै सामाजिक सञ्जालमा फरक-फरक नाम राख्ने प्रचलन छ। यस्तो चलन सायदै अन्य मुलुकमा होला। युरोपमा जिससजस्तो अत्यधिक आदरणीय नाम तथा हिटलरजस्तो अति बदनाम भएको नाम कसैले राख्न नपाउने रहेछन्, हामीले पनि नेपालमा यस्तै कुनै संयन्त्र बनाउने कि?

बोलिचाली, लवाइखवाइ, अन्य आनीबानीजस्तै नामका हकमा पनि समाजका प्रतिष्ठित भनिएका व्यक्तिको आम जनमानसमा गहिरो प्रभाव पर्ने रहेछ। नेता, मन्त्री, व्यापारी, पत्रकार, चलचित्रका कलाकार, खेलाडीलगायतबाट प्रभावित भएर नाम राखेका हामी धेरै हौउँला। त्यसैले नामको हकमा माटो सुहाउँदो एकरुपता दिन यी वर्गले मुख्य भूमिका लिनु जरुरी देखिन्छ। विदेशमा रहने नेपालीले विदेशी साथीहरुले उच्चारण गर्न सहज हुने नाम राख्न खोज्ने प्रचलन बढेको छ। यसले हाम्रो अस्तित्व भत्काएको त छ नै हाम्रो पहिचान पनि मेटिएको छ। अझै कुनै घटना विशेष हुनेगरी पनि नाम राखिएका छन्। अहिले कोरोना महामारीको समय छ। नेपालकै कुनै क्वारेन्टाइनमा जन्मिएका जुम्ल्याहा सन्तानको नाम कोरोना र कोभिड राखिएको समाचार हामीले सुनेका छौं। तर, कसैको ध्यान तान्न वा समाचारको हेडलाइन बन्न राखिएका यस्ता नामको दीर्घकालीन अस्तित्व म देख्दिनँ।

गाउँमा यमुना भनेर बोलाउने युवती सहर छिरेपछि एकाएक युना बन्छिन्। अझै हाम्रोमा त एक उखान नै छ- नेपालको माइलो अमेरिकामा माइकल। यो सब हुनुमा हामीले नामकै आधारमा गर्ने भेदभाव र अपहेलना पनि उत्तिकै जिम्मेवार छ। यमुना नाम हुँदैमा कोही कसरी ‘पाखे’ ठहरिने र युना हुँदैमा सभ्रान्त, आजको पुस्ताले यस्तो दोष हटाउनु जरुरी छ। जहाँसम्म कुनै सामान्य स्वार्थ पूर्तिका लागि हामीले आफ्नो मूल्यमान्यता र अस्तित्व नै समाप्त पार्न अभिशप्त हुने गरेका छौं। तर सोच्न जरुरी छ कि यसले के हाम्रो इतिहास जीवित रहला? के हाम्रा छोराछोरीका प्रश्नको जवाफ दिन सक्षम रहौंला? यदि तपाईंले नै राखिदिएको कुनै प्रभावित नाम छोराछोरीले नै अपनाउन मानेनन् भने?

(चितवन स्थायी ठेगाना भएका खरेल हाल जर्मनीको बर्लिनमा बसोबास गर्दै आएका छन्।)

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १९:०७
  • #नामाकरण-संस्कृति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्