• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : कुटपिटबाटै ६ जनाको ज्यान गएको हो [अदालतमा किशाेरीको बयान]

64x64
नारायण अधिकारी मंगलबार, असार २३, २०७७  १४:२७
1140x725

काठमाडौं-रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाकाे ज्यान जाने गरी भएको घटनाका अधिकांश अभियुक्तले अदालतसमक्ष बयान फेरेका छन्। प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता रहेको बयान दिएका उनीहरुले अदालतसमक्ष भने इन्कारी बयान दिएका छन्।

६ जनाको ज्यान गएको उक्त घटनाको केन्द्रमा रहेकी किशोरीले यसअघि नवराजसहितका युवाको ज्यान जानुमा आफ्नो बाबु र दाइसमेतको भूमिका रहेको बयान प्रहरीसमक्ष दिएकी थिइन्। किशाेरीले भने अदालतसमक्ष पनि बयान फेरेकी छैनन्।

बाल सुधार गृहमा रहेकी किशोरीले अदालतसमक्ष दिएको बयान यस्तो छ
नवराज बिक र मबीच वारदात हुनुपूर्व ३ महिनाअघि अर्थात् गएको चैत महिनाको १४-१५ गतेसम्म माया प्रेम बसेको थियो। फोनमा कुराकानी हुने, फेसबुकमा च्याट हुने, भिडियो कल हुने र भेटघाटसमेत हुने गर्थ्याे। 

त्यसभन्दा पछाडि नवराज मेरो घरमा आई रातको समयमा म र मामाघरको बज्यै सुतेको कोठाको झ्यालमा आई रातभर ढुंगा र मकैको खोया हानेको रहेछ। त्यतिबेला मलाई थाहा भएन, बज्यैले देख्नुभएको रहेछ। बिहानपख बज्यैले बुवाआमालाई रातिको कुरा भन्नुभएको रहेछ। बिहानपखसमेत नवराज मेरै घर वरपर घुमफिर गरेको देखि बुवा, आमा दाइले नियन्त्रणमा लिई सामान्य हातपात गरी सम्झाइबुझाई गरी छाडेका थिए।

सो पश्चात मैले आफ्नो प्रतिष्ठामा आँच आएको महसुस गरी सोही दिनदेखि नवराजलाई फेसबुकमा ब्लक गरेको थिएँ। उनीसँग मेरो भेटघाट हुँदैन्थ्यो। तर, वैशाख महिनामा एकपटक भाइको मोबाइलबाट गोठाला जाँदा नवराजसँग मोबाइलमा म्यासेज गरी कुराकानी गरेको थिएँ। त्यसपछि उनीसँग मेरो कुनै पनि चिजबाट सम्पर्क भएको छैन। वारदात भएको मितिमा मैले उनलाई बोलाएको होइन। नवराज के-कसरी केटा लिएर आएको हो मलाई थाहा भएन। मैले नवराजलाई कुटपिट गरी मारेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी ६ जनाको ज्यान गयो भन्ने प्रश्नमा किशोरीले बयानमा भनेकी छन्, ‘प्रतिवादीहरुले केटाहरुको पिछा गर्दै जाने क्रममा चौरजहारीको गोइरी औलमा फेला पारी घेरा हाली लखेट्दै भेरीको किनारमा पुर्‍याएर कुटपिट गरेको भन्ने थाहा पाएँ। प्रतिवादीहरुकै कुटाईबाट नवराज बिकसहित ६ जनाको मृत्यु भएको थाहा पाएँ। घटनास्थलमा गएका प्रतिवादीहरुकै कर्तव्यबाट मृत्यु भएको मलाईसमेत पूर्ण विश्वास लाग्छ।’

यसअघि प्रहरीमा दिएको बयानमा समेत उनले प्रतिवादीकै कारण ६ जनाको ज्यान गएको बताएकी थिइन्। प्रहरीसमक्ष उनले भनेकी थिइन् ‘मेरो बुवा, दाइसमेतले नवराज बिक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।’

यो पनि पढ्नुहोस्

रुकुम घटना : फेसबुकमा 'ब्लक' गरेकी थिएँ, भाइको मोबाइलबाट कुरा गर्थें [नवराजकी प्रेमिकाको बयान]सोमबार, असार १, २०७७

उनले नवराजसँग प्रेम सम्बन्ध बसेको, रमाइलो मेला हेर्न जाँदा नवराजकै घरमा १ रात बसेको नवराजकी बहिनीको जन्मदिनमा समेत आफू नवराजको घरमा गएको कुरा भने स्वीकार गरेकी छिन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले नवराजले बेलाबेलामा फोन गर्दै बिहे गरौं भन्ने गरेको तर आफूले उमेर सानै भएकाले अहिले बिहे गर्ने बेला नभएको भने जवाफ फर्काएको बताएकी छन्। त्यस्तै नवराजलाई आफूले घटना भएको दिन घरमा लिन आउन पनि नभनेको र उक्त कुरा झुट भएको बयान किशोरीले अदालतसमक्ष दिएकी छन्।

‘घटना हुने दिन नवराज केटा लिएर मेरो घर आउँदैछ भन्ने जानकारी मलाई थिएन। मैले बोलाएकी पनि होइन। तर, मेरो आमालाई मेरो बहिनी नाता पर्ने सुस्मा मल्ल ठकुरीले लकडाउन खुलेपछि केटाहरु ल्याई मलाई लिन आउँछु भनि नवराजले भनेको छ भन्ने कुरा गरेकी रहिछ। सो कुरा आमाले मलाई जेठ १-२ गतेतिर भन्नुभएको थियो,’ किशोरीले भनेकी छन्।

यो पनि पढ्नुहोस्

रुकुम घटना : किशोरीकी आमाले फेरिन् बयान-डुम भनेकी छैन, कसरी मरे थाहा भएनमंगलबार, असार २३, २०७७

 

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:२७
  • ##रुकुम-घटाना-बयान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्