• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : किशोरीकी आमाले फेरिन् बयान- डुम भनेकी छैन, कसरी मरे थाहा भएन

64x64
नारायण अधिकारी मंगलबार, असार २३, २०७७  १२:५५
1140x725
फाइल तस्बिर

काठमाडौं- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोप लागेकी किशोरीकी आमा प्रकाशी मल्लले अदालतसमक्ष इन्कारी बयान दिएकी छिन्। १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिए पनि उक्त रकम बुझाउन नसकेर थुनामा रहेकी प्रकाशीले अदालतसमक्ष घटनाबारे आफूलाई कुनै जानकारी नै नभएको बयान दिएकी हुन्।

यसअघि उनले प्रहरी समक्ष आफूले छोरीका प्रेमी नवराज विकलाई डुम भनेको र बेइज्जत हुने डरले षड्यन्त्र गरेर मारेको बयान दिइकी थिइन्। तर, अहिले अदालतसमक्ष उनले उक्त बयान फेरेकी छन्।

यस्तो छ अदालतसमक्ष प्रकाशी मल्लले दिएको बयान
जेठ १० गते दिउँसो साढे ४ बजेतिर घरमा गोरु बाख्रा बाँधी म बाटोमा बसेकी थिएँ। सोही अवस्थामा मेरो घरको बाटो हुँदै सुरुमा तीन जना मान्छेहरु हिँड्दै आएको देखेँ। केही समयपछि ८/९ जना मान्छेहरु हिँड्दै आए।

उनीहरु मेरो घर नजिकको बाटोमा आएपछि मैले तिमीहरुको घर कहाँ हो बाबु, तिमीहरुको गाउँमा लकडाउन छैन? देशमा रोगको महामारी छ भन्दा उनीहरुले हाम्रो घर जाजरकोट जिल्ला हो भने। उनीहरु बाटोमा हिँडिरहेका थिए। सोही क्रममा एकजना मान्छेले हामी घुम्न आएका हौं आन्टी भन्यो। मैले उनीहरु कसैलाई पनि चिनेको थिइनँ।

Ncell 2
Ncell 2
nimb
nimb

ती मेरो घरको बाटो हुँदै हिँड्ने केटाहरु जम्मा १४/१५ जना जति थिए। पछि ती व्यक्तिहरु मेरो घरको बाटो अघि बढेर कता गए। अगाडि हिँड्दै जाने क्रममा पहिले मेरो घरदेखि तेर्साे बाटो हुँदै अघि बढे।अलिपरबाट तलतिर झरेको देखेको हुँ। म मेरै घरमा काम गर्दै बसें। मैले मृतक नवराज बिकलाई डुम भनि तथानाम गालीगलौज गरी जातीय भेदभाव गरेकी छैन। निज नवराज विकको र मेरी छोरीको अन्तरजातीय प्रेम सम्बन्धबाट टाढा राख्न मैले नवराजलाई कर्तव्य गरी ज्यान मार्नेसम्मको कार्य गर्न षड्यन्त्रसमेत गरेको होइन।

यसअघि प्रहरी समक्षको बयानमा भने उनले घटना आफ्नो संलग्नता स्वीकार गरेकी थिइन्। प्रहरी समक्षको बयानमा प्रकाशीले भनेकी थिइन्, ‘नबराज बिकलाई मैले जातीय विभेद हुने शब्द डुम भनि गाली गरेँ। त्यसपछि उनीहरु फर्केर गए। नबराज बिकसमेतका केटाहरुलाई मार्ने पूर्वयोजनाअनुसार मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बरबहादुर मल्ललाई बोलाई पिछा गर्दै जाने क्रममा जिउला भन्ने स्थानमा फेला पार्‍याैं। त्यसपछि ढुङ्गा हँसियासमेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्‍याई कर्तव्य गरी मारी भेरी नदीमा बगाएको हो।’

तर, प्रकाशीले अदालतसमक्ष यो बयान त्यसबेला प्रहरीले के-कसरी लेखे भन्नेबारेमा आफूलाई थाहा नभएको बताएकी छन्।

Xtrem
Xtrem

नवराजसहित ६ जनाको मृत्यु कसको कारणबाट, कसरी भएको हो भन्ने आफूलाई कुनै जानकारी नभएको बयान अदालतसमक्ष प्रकाशीले दिएकी छन्।

यो पनि पढ्नुहोस्

रुकुम घटना : बेइज्जत हुने भएकाले पूर्वयोजना अनुसार हत्या गर्‍यौं [किशोरीकी आमाको बयान]सोमबार, असार १, २०७७

जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय युवक नवराज बिक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेमकै कारण उब्जिएको विवादमा ६ जनाको ज्यान गएको थियो। उक्त घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु बिक, गोविन्द शाही मारिएका थिए। यस घटनामा संलग्न रहेको आरोपमा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालत दिएको थियो।

त्यस्तै अदालतले किशोरीका आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने तीन जना साधारण तारेखमा रिहा भएका थिए। दुई नाबालकलाई सुधार गृह पठाइएको छ ५ जना भने अझै फरार छन्।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५... बुधबार, असोज १४, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्