हेटौंडा– प्रहरी पोशाक, बम तथा पेस्तोलसहित हेटौंडामा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरी चौकी लेबटका असइ बिग बहादुर तामाङ नेतृत्वको टोलीले बिहिबार बिहान हेटौंडा– ३ स्थित पूर्व पश्चिम लोकमार्गबाट तीन वटा कटुवा पेस्तोल, १२ वटा गोली तथा एउटा सुतली बमसहित जोकर मोक्तानलाई पक्राउ गरेको हो।
जोकरको झोपाबाट प्रहरीको पोशाकसहित पक्राउ गरेको हो। उनी अपराधिक घटनाको तयारीमा रहेको प्रहरीले जनाएको छ।
म्याजिक सवारी साधनमा सवार उनलाई प्रहरीले शंका लागि नियन्त्रणमा लिएर खानतालासी लिदा पेस्तोल र बिष्फोटक पदार्थ बरामद गरेको हो। उनको समूहबाट अनुसन्धान भइरहेको डिएसपी दिलिप झाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।