धनगढी- सुदूरपश्चिम प्रदेश सभाको छैटाैं अधिवेशनको २२औं बैठक स्थगित गरिएको छ। सोमबार दिउँसो ३ बजे आह्वान गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सरकार र प्रतिपक्षीबीच वार्ताका लागि छलफल भइरहेकाले बैठक स्थगित गर्नुपरेको बताए। उनले अर्को बैठक मंगलबार दिउँसो ३ बजे आह्वान गरिएको जानकारी दिए।
आइतबार प्रतिपक्षी दलको नाराबाजी र विरोधका बीचमै सभामुख थापाले आर्थिक वर्ष २०७७/७८ को छलफलमाथिको प्रस्तावलाई निर्णयार्थ पारित गरेका थिए। सोमबार सरकारले प्रतिपक्षी दलहरुसँग छलफल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।