काठमाडौं– घरासयी झगडामा श्रीमतीलाई खुकुरी हान्ने व्यक्ति काँडाघारीमा पक्राउ परेका छन्।
कागेश्वरी नगरपालिका–७ हरहर महादेव नजिक डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका घर भएका ४० बर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको हो।
खत्रीले बुधबार सामान्य विवादमा २८ बर्षीया श्रीमती भगवती खत्रीलाई खुकुरी प्रहार गरेका हुन्। घटनास्थल पुगेर प्रहरीले उनलाई पक्रा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।