काठमाडौं- साउदी अरबले प्रवासीहरूको भिसाको अवधी तीन महिनाका लागि बढाउने निर्णय गरेको छ। अवधी बढाउनका लागि सरकारले कुनै शुल्क नलिने घोषणामा उल्लेख छ।
गृहमन्त्रालयले आइतबार कोरोना महामारीका कारण यस्तो गरिएको जनाएको छ। महामारीका कारण आम मानिस, व्यापारी,निजी क्षेत्र र अन्यमा पर्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। प्रवासीको भिसाको अवधी कोरोना महामारीको समयमै समाप्त भएको र फिर्ता जानका लागि दिइएको भिसा समेत प्रयोगमा नआएको अवस्थाका यस्तो निर्णय गरिएको जनाइएको छ।
साउदी प्रेस एजेन्सीले यी नियमहरू आवश्यकताअनुसार परिर्वतन हुँदै जाने उल्लेखसमेत गरेको छ। गत हप्ता आइतबार साउदी सुल्तान सलमान बिन अब्दुल अजीजले कयौं सरकारी योजनाको अवधी बढाउने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।