काठमाडौं– उपत्यकामा ल्यापटप तथा मोबाइल चोरी गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्ध र कपन प्रभागले दिपेश श्रेष्ठ र सुवास खड्कालाई पक्राउ गरेको हो।
उनीहरुबाट ३५ वटा मोबाइल, २ वटा ल्यापट, टेलिभिजन लगायतका चोरीका सामान बरामद गरेको छ।
बुधबार प्रहरीले रेम्बोडाँडाबाट खड्कालाई प्रहरीले शंकास्पद अवस्थामा पक्राउ गरी उनीहरुको कोठामा छापा हान्दा चोरीका सामान बरामद गरेको हो।
उनीहरु खासगरी चोरी गर्ने गिरोहसँग मिलेर सेकेण्ड ह्यान्ड चोरीका सामान कारोबार गर्ने गिरोह भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।