एजेन्सी–जापानको दक्षिणी टापु क्युशुमा आएको बाढी र पहिरोबाट १५ जनाको मृत्यु हुनाको साथै ९ जना हराइरहेका छन्। स्थानीय कुमा नदीमा आएको बाढीमा त्यहाँ रहेको नर्सिङ होम डुबाएको हो।
यद्यपि मृत्यु हुनेहरुको संख्याको औपचारिक पुष्टि हुन बाँकी रहेको बिबिसीले जनाएको छ।
अधिकारीहरुले बाढीप्रभावित स्थानबाट २ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका छन् भने त्यहाँ १० हजार सैनिक खटाइएको छ। उक्त क्षेत्रमा आइतबार पनि भारी वर्षा हुने अनुमान गरिएको छ। प्रधानमन्त्री सिन्जो अबेले थप क्षति हुन नदिन सचेत रहन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।