एजेन्सी–भारतमा कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेको छ। शुक्रबार २४ घण्टामा २० हजार ९ सय ३ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्याले रेकर्ड बनाएको हो। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार २४ घण्टामा थप ३ सय ७९ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ। १ जुनदेखि हालसम्म ४ लाख ३५ हजार ९ संक्रमित थपिएको मन्त्रालयको भनाइ छ।
२४ घण्टाको आँकडा हेर्दा १ जुलाईमा १८ हजार ६ सय ५३, २ जुलाईमा १९ हजार १ सय ४८, ३० जुनमा १८ हजार १८ हजार ५ सय २२, २९ जुनमा १९ हजार ४ सय ५९ र २८ जुनमा १९ हजार ९ सय ६ संक्रमित थपिएका थिए। २७ जुनमा पहिलोपटक संक्रमितको संख्या १८ हजार नाघेको थियो।
हालसम्म भारतमा ३ लाख ७९ हजार ८ सय ९१ संक्रमित निको भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।