एजेन्सी–संक्रमितको संख्याका हिसाबले दक्षिण अमेरिकी मुलुकहरु पेरु र चिलीले बेलायत, स्पेन र इटालीलाई समेत पछाडि पारेका छन्।
पेरुमा २ लाख ९५ हजार ५ सय ९९ संक्रमित भएका छन्। योसहित पेरु सबैभन्दा धेरै संक्रमित हुनेको सूचीमा पाँचौ नम्बरमा पुगेको छ भने छैटौं नम्बरमा रहेको चिलीमा २ लाख ८८ हजार ८९ संक्रमित पुगेका छन्।
सातौं नम्बरमा रहेको बेलायतमा भने २ लाख ८५ हजार ७ सय ८७ संक्रमित छन्। स्पेनमा २ लाख ५० हजार ५ सय ४५ र इटालीमा २ लाख ४१ हजार १ सय ८४ संक्रमित छन्।
पेरुमा १० हजार २ सय २६, चिलीमा ६ हजार ५१, बेलायतमा ४४ हजार २ सय १६, स्पेनमा २८ हजार ३ सय ८५ र इटालीमा ३४ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।