राजविराज- कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी करागार चलान गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि राजविराजस्थित कारागार पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
पुनरावेदन अदालत राजविराजले २०६७ माघ १९ गते स्थानीय शुभलाल यादवको हत्या गरेको अभियोगमा यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उनी त्यसैबेलादेखि फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।