पटना- भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ। बिहीबार राति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको मृत्यु भएको हो।
चट्याङका कारण गएको २४ घन्टायता कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन्। बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान याे जानकारी दिएको हो।
हिजोदेखि चट्याङ पर्न सुरु गरेको र आज बिहानसम्म चट्याङले २२ जनाकाे मृत्यु भएकाे बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको छ।
भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो। बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म नै भारी वर्षा भएकाे र यसै क्रममा चट्याङ परेको थियो।
सबैभन्दा धेरै बिहारको पूर्वी पटना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ। बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो। यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।