एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः चीनविरुद्ध अभिव्यक्ति दिएका छन्। उनले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’ भनेका हुन्।
‘यो फैलनु हुँदैनथ्यो, तर उनीहरुले फैलन दिए, हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं, त्यसको मसी पनि सुकेको थिएन, यसले प्रभावित बनाइहाल्यो,’ उनले भनेका छन्।
गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको भाइरसले अहिले सबैभन्दा बढी प्रभाव अमेरिकालाई पारेको छ। यसअघि पनि ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।