एजेन्सी–भारतमा एकै दिन १९ हजारभन्दा बढी संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १९ हजार १ सय ४८ संक्रमित थपिएका हुन्।
योसँगै भारतमा कूल संक्रमितको ६ लाख ४ हजार ६ सय ४१ पुगेको छ। भारतमा २४ घण्टामा ४ सय ३४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १७ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा ८ हजार ५३ जनाको भएको छ भने दिल्लीमा २ हजार ८ सय ३ जनाका मृत्यु भएको छ।
गत २७ जुनमा भारतमा कूल संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ थियो भने ५ दिनमै १ लाख संक्रमित थपिएका छन्। गत १ जुन यता हालसम्म भारतमा ४ लाख १४ हजार १ सय ६ संक्रमित थपिएका छन्।
२० जुन यता १४ हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार १३ औं दिन हो।
भारतमा हालसम्म ३ लाख ५९ हजार ८ सय ५९ संक्रमित निको भएका छन् भने २ लाख २६ हजार ९ सय ४७ जनाको उपचार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।