एजेन्सी–दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एकै दिन ४८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा बिहीबार ४८ हजार १ सय ५ संक्रमित थपिएका हुन्। योसँगै त्यहाँ संक्रमितको संख्या १४ लाख ९८ हजार ८ सय ५८ पुगेको छ । २४ घण्टामा ब्राजिलमा १ हजार २ सय ५२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्य हुनेको संख्या ६१ हजार ८ सय ८४ पुगेको छ।
ब्राजिल अहिले विश्वमै कोरोना भाइरसको ‘हट स्पट’ बनिरहेको छ । गत १९ जुनमा त्यहाँ ५४ हजार ७ सय ७१ जना संक्रमित थपिएर एकै दिन धेरै संक्रमित थपिने रेकर्ड कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।