एजेन्सी–कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर १ करोड ८ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड ८ लाख ५ हजार १ सय १७ पुगेको हो। हालसम्म कोरोनाबाट ५ लाख १९ हजार ८ सय ५२ को मृत्यु भइसकेको छ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २७ लाख ३२ हजार ६ सय ३९ जना संक्रमित भएका छन् भने १ लाख २८ हजार ६ सय ५१ को मृत्यु भएको छ । ब्राजिलमा १४ लाख ९६ हजार ८ सय ५८ संक्रमित र ६१ हजार ८ सय ८४ को मृत्यु, रुसमा ६ लाख ६० हजार २ सय ३१ संक्रमित र ९ हजार ६ सय ६८ को मृत्यु तथा भारतमा ६ लाख ४ हजार ६ सय ४१ संक्रमित तथा १७ हजार ८ सय ३४ को मृत्यु भएको छ। बेलायतमा ४ लाख १ हजार ५ सय ३ जना संक्रमित र ४४ हजार ८० को मृत्यु भएको छ।
हालसम्म विश्वभर ५७ लाख ५ हजार ३ सय २६ जना कोरोना संक्रमणबाट निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।