• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

२ वर्षमा ७ समुद्र पार गर्दै नेपाल भित्रियो सलह

पहिलोपटक मानवरहित अरबको मरुभूमिमा देखिएको थियो
64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १५:१८
1140x725

काठमाडौं- संसारमा विभिन्न प्रकारका सलहहरू छन्। तीमध्ये मरुभूमि सलह (शिस्टोसर्का ग्रिगारिया), बम्बे सलह (पतङ्गा ससिटा), खैरो सलह (लोकस्टाना पर्डालिना), दक्षिण अमेरिकी सलह (शिस्टोसर्का क्यानसेलाटा), घुमक्कड सलह (लोकस्टा माईग्रेटोरिया), इजिप्सियन सलह (एनाक्रिडियम एजिप्टियम) आदि प्रमुख हुन्।

यीमध्ये शिस्टोसर्का ग्रिगारियाले सबैभन्दा व्यापक क्षेत्रमा स्थानान्तरण भई धेरै क्षति गर्ने गर्छ। र नेपाल प्रवेश गरेको पनि यहि प्रजातीको सलह हो। शिस्टोसा ग्रिगारिया, एक्रिडिडे परिवारको छोटो एन्टिना भएको एक प्रकारको फट्यांग्रा हो। जीवन वृद्धिको अवधिभर यो सलह अण्डा, निम्फ (होपर) र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ। 

यस कीराका दुई भिन्न प्रवृत्तिहरू हुन्छन्। कीराहरू थोरै संख्यामा भएको बेलामा यिनीहरू एकल प्रवृत्तिका हुन्छन् भने यिनीहरूको संख्यामा वृद्धि भएमा झुण्डमा परिचालन हुने प्रवृत्तिमा परिवर्तित हुन्छन्। यसरी यिनीहरू एकै समयमा एकै क्षेत्रमा एकल अथवा झुण्ड दुवै प्रवृत्तिका हुन सक्छन्।

नेपालमा मरुभूमि सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी, ललितपुर र काठमाडाैंबाट संकलन गरी आधिकारिक पहिचान गरिएको थियो। गोदावरीबाट संकलन गरिएको यस सलहका केही नमूना कीट विज्ञान महाशाखाको संग्रहालयमा छन्। त्यसैवर्ष काभ्रेको पनौतीमा लगाइएको मकैबालीमा यस सलहको प्रकोप देखापरेको थियो। यसअघि सन् १९३० मा पनि नेपालमा सलहले व्यापक रूपमा नोक्सानी गरेको अनुभव काठमाडाैं उपत्यकाका बुढापाकाहरूसँग छ।

खाद्य तथा कृषि संगठन, रोमका सलह पूर्वानुमान विशेषज्ञ डा किथ क्रेसम्यानअनुसार यस सलहले नेपालमा सन् १९०६ र १९५३ मा पनि आक्रमण गरेको देखिन्छ। विगतमा सन् १९८६ तथा १९८९ मा नेपालमा सलह भित्रिने र यसको प्रकोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सजग हुन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको थियो। तर, सलह नभित्रेको तथ्यहरूले देखाउँछन्।

अहिले (२०२०) विश्वमा भएको सलहको प्रकोप सन् २०१८ देखि विकास हुँदै आएका यसका पुस्ताहरूको निरन्तरता हो। सन् २०१८ को मे र अक्टोबर महिनामा आएको चक्रवातले गर्दा भएको वर्षा सिर्जित अनुकूल वातावरणको कारणले यसको वंशवृद्धि अरबको दक्षिणी प्रायद्वीपको करिब चौथाई मानवरहित मरुभूमिको भूभागमा भएको थियो। यसले त्यहाँ ९ महिनासम्ममा तीन पुस्ता पुरा गरेको र यी पुस्ताको वृद्धि भएको पत्ता लगाउन नसक्दा यसको नियन्त्रण हुन नसकेको बताइएकाे छ। सन् २०१९ जनवरीमा पहिलो झुण्ड उक्त चौथाई मरुभूमिको खाली भूभागबाट यमन र साउदी अरेबिया हुँदै अधिक वर्षा भएको इरानको दक्षिण पश्चिमसम्म पुगेको थियाे।

बसन्त ऋतु (फेब्रुअरी-जुन)मा यसले धेरै संख्यामा वंशवृद्धि गरी यमन, साउदी अरेबिया र इरानमा ठूलो झुण्डहरू तयार भई आक्रमण भएको हो। इरान र यमनमा यसको नियन्त्रण सफल हुन नसक्दा जुन महिनादेखि डिसेम्बरसम्ममा इरानबाट उक्त झुण्ड भारत-पाकिस्तान सिमानामा पुगेको र लम्बिएको वर्षाको कारणले अनुकूल वातावरण भई तीन पुस्ता तयार हुँदा धेरै संख्यामा झुण्ड वृद्धि भएको हाे।

यमनमा तयार भएका सलहका झुण्ड अफ्रिकाका विभिन्न मुलुकहरूमा पुस्ता तयार पार्दै कालान्तरमा सन् २०२० को मार्चमा इथियोपिया, केन्या, युगाण्डा र साउथ सुडानमा उत्पात मचाइ केही सलहका झुण्डहरू इरानमा स्थानान्तरण गरी मरुभूमिमा बसन्तकालीन सन्तति तयार गरी दक्षिण-पश्चिम पाकिस्तान हुँदै राजस्थानमा प्रवेश गरेको हाे।

Ncell 2
Ncell 2
nimb
nimb

असार ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुन सुरूवात भइसकेपछि पनि हावाको बहाव दक्षिणबाट उत्तर पूर्वतर्फ मोडिएकाले भारतसँग सिमावर्ती सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रूपन्देहीमा सलह प्रवेश गरेको हाे।

त्यस्तै असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुण्डबाट छुट्टिएर आएका केही सलहहरू र असार १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टिएर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र असार १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्ड केही अंश रुपन्देही तथा कैलालीबाट नेपालको भूभागमा प्रवेश गरेको देखिएको छ।

हावाको बहावसँगै उक्त झुण्डका अंशहरू तराई र मध्यपहाडका विभिन्न जिल्लाहरू विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ, प्यूठान, कास्की, कैलाली, डडेल्धुरालगायतका जिल्लाहरूमा केही हजारदेखि केही लाखसम्मको संख्यामा देखापरेको छ। त्यसैगरी उक्त झुण्डहरूबाट छुट्टिएका केही अंशहरू छिटफुट रूपमा काठमाडाैं, ललितपुर, भक्तपुर, काभ्रे, पाँचथर, उदयपुर, खोटाङ्ग, कन्चनपुर, गुल्मी लमजुङ्गलगायतका जिल्लाहरूमा समेत देखापरेको जनाइएको छ।

यस किराको प्रजनन र सन्तति विकास दुई सिजनमा हुने गर्दछ। बसन्त ऋतुमा हुने प्रजनन् उत्तर पश्चिम अफ्रिका, इरान, पाकिस्तान, साउदी अरेबिया, यमन, सोमालिया प्रायद्वीप र पूर्वी अफ्रिकामा हुन्छ भने गृष्म ऋतुमा हुने प्रजनन् सुडान, इरिट्रिया, ईथियोपिया, पूर्वी अफ्रिका, पश्चिम अफ्रिका र भारत-पाकिस्तानको सिमानामा हुने गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०२० मा भारतकाे राजस्थानमा जुलाई महिनासम्म पटक पटक यसको नयाँ झुण्डहरू आइरहने र यसबाट भारतको विहार र उडिसासम्म आक्रमण हुनसक्ने पूर्वानुमान भएकोले गर्मी मौसममा झुण्डहरूको वृद्धि र यसको स्थानान्तरणको अनुगमन गरी सतर्क हुन जरूरी छ।

(प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सार्वनजिनक गरेको मरुभूमि सलह पहिचान, विशेषता र व्यवस्थापनका उपायहरूबारे प्रकाशित जर्नलबाट)

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १५:१८
  • #सलह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्