• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

२ वर्षमा ७ समुद्र पार गर्दै नेपाल भित्रियो सलह

पहिलोपटक मानवरहित अरबको मरुभूमिमा देखिएको थियो
64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १५:१८
1140x725

काठमाडौं- संसारमा विभिन्न प्रकारका सलहहरू छन्। तीमध्ये मरुभूमि सलह (शिस्टोसर्का ग्रिगारिया), बम्बे सलह (पतङ्गा ससिटा), खैरो सलह (लोकस्टाना पर्डालिना), दक्षिण अमेरिकी सलह (शिस्टोसर्का क्यानसेलाटा), घुमक्कड सलह (लोकस्टा माईग्रेटोरिया), इजिप्सियन सलह (एनाक्रिडियम एजिप्टियम) आदि प्रमुख हुन्।

यीमध्ये शिस्टोसर्का ग्रिगारियाले सबैभन्दा व्यापक क्षेत्रमा स्थानान्तरण भई धेरै क्षति गर्ने गर्छ। र नेपाल प्रवेश गरेको पनि यहि प्रजातीको सलह हो। शिस्टोसा ग्रिगारिया, एक्रिडिडे परिवारको छोटो एन्टिना भएको एक प्रकारको फट्यांग्रा हो। जीवन वृद्धिको अवधिभर यो सलह अण्डा, निम्फ (होपर) र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ। 

यस कीराका दुई भिन्न प्रवृत्तिहरू हुन्छन्। कीराहरू थोरै संख्यामा भएको बेलामा यिनीहरू एकल प्रवृत्तिका हुन्छन् भने यिनीहरूको संख्यामा वृद्धि भएमा झुण्डमा परिचालन हुने प्रवृत्तिमा परिवर्तित हुन्छन्। यसरी यिनीहरू एकै समयमा एकै क्षेत्रमा एकल अथवा झुण्ड दुवै प्रवृत्तिका हुन सक्छन्।

नेपालमा मरुभूमि सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी, ललितपुर र काठमाडाैंबाट संकलन गरी आधिकारिक पहिचान गरिएको थियो। गोदावरीबाट संकलन गरिएको यस सलहका केही नमूना कीट विज्ञान महाशाखाको संग्रहालयमा छन्। त्यसैवर्ष काभ्रेको पनौतीमा लगाइएको मकैबालीमा यस सलहको प्रकोप देखापरेको थियो। यसअघि सन् १९३० मा पनि नेपालमा सलहले व्यापक रूपमा नोक्सानी गरेको अनुभव काठमाडाैं उपत्यकाका बुढापाकाहरूसँग छ।

खाद्य तथा कृषि संगठन, रोमका सलह पूर्वानुमान विशेषज्ञ डा किथ क्रेसम्यानअनुसार यस सलहले नेपालमा सन् १९०६ र १९५३ मा पनि आक्रमण गरेको देखिन्छ। विगतमा सन् १९८६ तथा १९८९ मा नेपालमा सलह भित्रिने र यसको प्रकोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सजग हुन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको थियो। तर, सलह नभित्रेको तथ्यहरूले देखाउँछन्।

अहिले (२०२०) विश्वमा भएको सलहको प्रकोप सन् २०१८ देखि विकास हुँदै आएका यसका पुस्ताहरूको निरन्तरता हो। सन् २०१८ को मे र अक्टोबर महिनामा आएको चक्रवातले गर्दा भएको वर्षा सिर्जित अनुकूल वातावरणको कारणले यसको वंशवृद्धि अरबको दक्षिणी प्रायद्वीपको करिब चौथाई मानवरहित मरुभूमिको भूभागमा भएको थियो। यसले त्यहाँ ९ महिनासम्ममा तीन पुस्ता पुरा गरेको र यी पुस्ताको वृद्धि भएको पत्ता लगाउन नसक्दा यसको नियन्त्रण हुन नसकेको बताइएकाे छ। सन् २०१९ जनवरीमा पहिलो झुण्ड उक्त चौथाई मरुभूमिको खाली भूभागबाट यमन र साउदी अरेबिया हुँदै अधिक वर्षा भएको इरानको दक्षिण पश्चिमसम्म पुगेको थियाे।

बसन्त ऋतु (फेब्रुअरी-जुन)मा यसले धेरै संख्यामा वंशवृद्धि गरी यमन, साउदी अरेबिया र इरानमा ठूलो झुण्डहरू तयार भई आक्रमण भएको हो। इरान र यमनमा यसको नियन्त्रण सफल हुन नसक्दा जुन महिनादेखि डिसेम्बरसम्ममा इरानबाट उक्त झुण्ड भारत-पाकिस्तान सिमानामा पुगेको र लम्बिएको वर्षाको कारणले अनुकूल वातावरण भई तीन पुस्ता तयार हुँदा धेरै संख्यामा झुण्ड वृद्धि भएको हाे।

यमनमा तयार भएका सलहका झुण्ड अफ्रिकाका विभिन्न मुलुकहरूमा पुस्ता तयार पार्दै कालान्तरमा सन् २०२० को मार्चमा इथियोपिया, केन्या, युगाण्डा र साउथ सुडानमा उत्पात मचाइ केही सलहका झुण्डहरू इरानमा स्थानान्तरण गरी मरुभूमिमा बसन्तकालीन सन्तति तयार गरी दक्षिण-पश्चिम पाकिस्तान हुँदै राजस्थानमा प्रवेश गरेको हाे।

nimb
nimb
Ncell 2
Ncell 2

असार ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुन सुरूवात भइसकेपछि पनि हावाको बहाव दक्षिणबाट उत्तर पूर्वतर्फ मोडिएकाले भारतसँग सिमावर्ती सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रूपन्देहीमा सलह प्रवेश गरेको हाे।

त्यस्तै असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुण्डबाट छुट्टिएर आएका केही सलहहरू र असार १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टिएर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र असार १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्ड केही अंश रुपन्देही तथा कैलालीबाट नेपालको भूभागमा प्रवेश गरेको देखिएको छ।

हावाको बहावसँगै उक्त झुण्डका अंशहरू तराई र मध्यपहाडका विभिन्न जिल्लाहरू विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ, प्यूठान, कास्की, कैलाली, डडेल्धुरालगायतका जिल्लाहरूमा केही हजारदेखि केही लाखसम्मको संख्यामा देखापरेको छ। त्यसैगरी उक्त झुण्डहरूबाट छुट्टिएका केही अंशहरू छिटफुट रूपमा काठमाडाैं, ललितपुर, भक्तपुर, काभ्रे, पाँचथर, उदयपुर, खोटाङ्ग, कन्चनपुर, गुल्मी लमजुङ्गलगायतका जिल्लाहरूमा समेत देखापरेको जनाइएको छ।

यस किराको प्रजनन र सन्तति विकास दुई सिजनमा हुने गर्दछ। बसन्त ऋतुमा हुने प्रजनन् उत्तर पश्चिम अफ्रिका, इरान, पाकिस्तान, साउदी अरेबिया, यमन, सोमालिया प्रायद्वीप र पूर्वी अफ्रिकामा हुन्छ भने गृष्म ऋतुमा हुने प्रजनन् सुडान, इरिट्रिया, ईथियोपिया, पूर्वी अफ्रिका, पश्चिम अफ्रिका र भारत-पाकिस्तानको सिमानामा हुने गर्छ।

सन् २०२० मा भारतकाे राजस्थानमा जुलाई महिनासम्म पटक पटक यसको नयाँ झुण्डहरू आइरहने र यसबाट भारतको विहार र उडिसासम्म आक्रमण हुनसक्ने पूर्वानुमान भएकोले गर्मी मौसममा झुण्डहरूको वृद्धि र यसको स्थानान्तरणको अनुगमन गरी सतर्क हुन जरूरी छ।

(प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सार्वनजिनक गरेको मरुभूमि सलह पहिचान, विशेषता र व्यवस्थापनका उपायहरूबारे प्रकाशित जर्नलबाट)

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १५:१८
  • #सलह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’
सम्बन्धित सामग्री
कालीमाटीमा गाजर प्रतिकिलो १२० रुपैयाँसम्म, भारतीय प्याज ६४ रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबार गाजरको मूल्य सबैभन्दा बढी रहेको छ। शनिबार, साउन ३०, २०८३
कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ: मन्त्री चौधरी अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावन... बुधबार, साउन २७, २०८३
सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ? मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताएका हुन्। मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्