काठमाडौं- ओमानबाट तेस्रो उडानमार्फत स्वदेश फर्कने नेपालीहरुको सूची दूतवासले सार्वजनिक गरेको छ। १० जुलाईमा हुने उक्त उडानमार्फत १८० नेपालीहरू स्वदेश फर्कने दूतावासले जनाएको छ।
सलाम एयरमार्फत हुने उक्त उडानबाट कोरोनाका कारण समस्यामा परेकामध्ये प्राथमिकताका आधारमा फर्काउन लागिएको हो।
स्वदेश फर्कनेहरुले एकतर्फी भाडा १ सय १५ ओमानी रियाल तिर्नुपर्नेछ। स्वदेश फर्कन सबैलाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ। ४ जुलाईमै पिसिआर परीक्षण गर्न समेत दूतावासले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।