काठमाडौं-महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा एक अभियुक्तले आत्महत्या गरेका छन्।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले आत्महत्या गरेका हुन्। सिरहा घर भई कोटेश्वर बस्दै आएका यादवले तन्नाको पासो लगाएर ट्वाइलेटको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
असार १४ गते पक्राउ परेका उनलाई कारोना संक्रमण हुनसक्ने आशंकामा छुट्टै कोठामा राखिएको थियो। उनको पिसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।