कैलाली-नेपाल पत्रकार महासंघ सुदूरपश्चिमले डोटीका पत्रकार तेजबहादुर खड्का मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धान गर्न माग गरेको छ। महासंघका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तिमा घटना रहस्यपूर्ण भएकाे उल्लेख गर्दै अनुसन्धानको माग गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ डोटीले पनि विज्ञप्तिमार्फत् घटनाको अनुसन्धान गर्न माग गरेको छ। ‘कंकालसँगै भेटिएका परिच पत्र लगायतका केही सामग्री लामो समयसम्म पनि दुरुस्तै देखिनुले घटना रहस्यमय भएको ठहर गर्दै मृतक खड्काको घटनाका बारेमा गम्भीर अनुसन्धानको माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।
महासंघले मृतक खड्काका परिवारलाई सहयोग गर्न मेत माग गरेकाे छ। खड्का २०७५ भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बर माग्ने डाँडाबाट सम्पर्कविहीन भएका थिए। गत वर्षको मंसीरमा भेटिएको कंकाल उनकै भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।