काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती कर्मचारी विधेयकको विरोधमा आन्दाेलनमा उत्रिएका सरकारी कर्मचारीहरुले आजकाे आन्दाेलन स्थगित गरेका छन्। गृह सचिव महेश्वर न्यौपानेकाे आग्रहमा आजकाे आन्दाेलन स्थगित भएकाे हाे।
विधेयक वृत्तिविकास विरोधी रहेको भन्दै नायब सुब्बा तहका सरकारी कर्मचारी विरोधमा उत्रिएका हुन्। कर्मचारीकाे आन्दाेलनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सरकारी कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। सिंहदरबार प्रवेश गर्ने प्रत्येक व्यक्तिको शरीर जाँच गरिएको छ। स्कुटीमा सवारहरुलाई त्यसको डिकीसमेत खोल्न लगाइएको छ।
मंगलबार सिंहदरबार परिसरमै नायब सुब्बाहरुले आन्दोलन गरेका गरेका थिए। विरोधमा निजामती सेवामा नासु बचाउ अभियान र निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरू सहभागी छन्। राप तृतीय श्रेणी (शाखा अधिकृत) सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।