काठमाडौं- सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबारको बैठक सुरु भएको छ।
अघिल्लो बुधबारयता जारी पाँचौं स्थायी कमिटी बैठकको आज पाँचौं बैठक हो। गत बुधबार, शुक्रबार, शनिबार र मंगलबार बैठक बसिसकेका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
मंगलबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको दुवै पदबाट राजीनामा माग भएको छ। मंगलबारको बैठकमा ओली सहित १८ जनाले धारणा राखेका थिए।
आफ्नो राजीनामा माग भएपछि ओलीले आफ्नो तर्फबाट रणनीति बनाउन बुधबार बिहान आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन्।
मंगलबारको बैठकमा प्रचण्ड र माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए। आज ओली पक्षका नेताहरुले बोल्ने पालो छ। उनीहरुले राजीनामा माग्ने नेताहरुको विपक्षमा र ओलीको पक्षमा बोल्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।