काठमाडौं- गृह मन्त्रालयले सरकारी कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। निजामती विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विरोधमा कर्मचारीले आन्दोलन गर्ने तयारी गरेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो।
विधेयक वृत्तिविकास विरोधी रहेको भन्दै नायब सुब्बा तहका सरकारी कर्मचारी विरोधमा उत्रिएका हुन्। सिंहदरबार प्रवेश गर्ने प्रत्येक व्यक्तिको शरीर जाँच गरिएको छ। स्कुटीमा सवारहरुलाई त्यसको डिकीसमेत खोल्न लगाइएको छ।
मंगलबार सिंहदरबार परिसरमै नायब सुब्बाहरुले आन्दोलन गरेका गरेका थिए। कर्मचारी संघ/संगठनले पनि विरोधको तयारी गरेका छन्। यसैलाई मध्यनजर गरेर सिंहदरबार प्रवेशमा नै कडाइ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।