काठमाडौं- मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको छ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।