काठमाडौं–प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद दिलकुमारी छन्त्यालको निधन भएको छ।
मुटुकी बिरामी उनको सहिद गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो। बाग्लुङको दुर्गम क्षेत्र वुर्तिवाङको राजनीतिमा सक्रिय उनी प्रतिनिधि सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद थिइन्। उनी यसअघिको संविधानसभामा पनि सदस्य थिइन्।
छन्त्यालको निधनका कारण नेपाली कांग्रेसको जारी केन्द्रीय समिति स्थगित गरिने भएको छ भने आज बोलाइएको संसद बैठक उनको निधनमा शोक प्रस्तावसहित स्थगित हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।