काठमाडौं-नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा असार १६ गते १०१ नमुना परीक्षण गरिएकामा २५ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको हो। बाँकस् ७६ वटा नमुनाको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालमा रहेका ६ जना, गैडाकोट नगरपालिकाका २ महिला तथा ८ पुरुष गरि १० जना, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० १ महिला, नारायणी सामुदायिक अस्पतालमा उपचाररत २ जना र भरतपुर उपमहानगरपालिकाकै ६ पुरुष गरी २५ जनामा कोभिड–१९ पुष्टि भएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ८९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।