काठमाडौं-इटालियन सिरि ए फुटबलमा लिग लिडर युभेन्टसले चार अंकको अग्रता बनाएको छ। मंगलबार राति भएको खेलमा जेनोआलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जिमा पाउल डिबाला, क्रिष्टियानो रोनाल्डो र डउग्लास कोष्टाले गोल गरे। यता, आन्द्रेय पिनामोन्टीले गोल गरे।
पहिलो हाफसम्म गोल रहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा तीन गोल गर्दा जेनेआले एक गोल फर्काउन सफल भयो। खेलको ५०औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई १–० गोलको अग्रता दिलाए। त्यसको ६ मिनेटपछि रोनाल्डोले गोल गरेसँगै युभेन्टसले २–० गोलको अग्रता बनायो।
७३औं मिनेटमा कोष्टाले गोल गरेपछि युभेन्टसको अग्रता ३–० मा पुगेको थियो तर त्यसको तीन मिनेटपछि पिनामोन्टीले गोल गर्दै जेनोआलाई ३–१ गोलको स्थितिमा ल्याए।
जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २९ खेलबाट ७२ अंक छ। दोस्रो स्थानमा रहेको लाजियोको समान खेलबाट ६८ अंक छ। मंगलबार राति नै भएको खेलमा लाजियोले टोरिनोलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।