काठमाडौं-एसियाली विकास बैंक (एडिबी)ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाललाई थप सहायता दिने निर्णय गरेको छ। बहुपक्षीय दातृ निकाय एडिबीले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न ३० लाख अमेरिकी डलर (करिब ३५ करोड रूपैयाँ) सहायता स्वीकृत गरेको हो।
यो सहायताको वित्तीय सहयोग जापान सरकारमार्फत् उपलब्ध हुनेछ। नेपालमा क्वारेन्टाइन सुविधा बढाउन, विदेशबाट फर्केका र सीमा क्षेत्रमा रहेका मानिसको प्रभावकारी व्यवस्थापनका लागि पनि यो रकम खर्च गरिनेछ। ल्याब तथा मेडिकल सामग्री खरिद तथा संक्रमण नियन्त्रणका लागि पनि यो रकम प्रयोग हुनेछ।
'यो सहायताले नेपाल सरकारलाई क्वारेन्टाइन व्यवस्थापन र भाइरस फैलिन रोक्न सहयोग गर्नेछ,' एडिबीका नेपालस्थित देशीय निर्देशक मुख्तोर खामुदखानोभले भने, 'नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोगका लागि एडिबी सधैं तत्पर छ, नेपालको आर्थिक र स्वास्थ्य क्षेत्रमा महामारीको प्रभाव न्यूनीकरणका लागि मिलेर काम गर्छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।