काठमाडौं– अष्ट्रेलिया र जिम्बाबेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज स्थगित भएको छ। आगामी अगस्ट महिनामा हुने तीन खेलको एकदिवसीय क्रिकेट सिरिज कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित भएको हो। क्रिकेट अष्ट्रेलिया र जिम्बाब्वे क्रिकेट बोर्डबीचको छलफलपछि सिरिज स्थगित भएको हो।
अगस्ट ९, १२ र १५ तारिखमा हुने भनिएको सिरिजको नयाँ तालिका फेरि सार्वजनिक गर्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ। अस्ट्रेलिया क्रिकेटका मुख्य कार्यकारी निक होक्लीले भनेका छन्, ‘सिरिज स्थगित हुँदा निराश हामी छौं। क्रिकेट अस्ट्रेलिया र जिम्बाब्वे क्रिकेट सहमत भएरै खेलाडी, खेल पदाधिकारी, स्वयंसेवक र हाम्रो समर्थकको हितमा हितमा निर्णय गरेका छौं।’
उनले यो सिरिजको वैकल्पिक तालिका निकाल्ने कार्य पनि भइरहेको बताएका छन्। त्यस्तै, जिम्बाब्वे क्रिकेटका कार्यकारी निर्देशक गिभमोर माकोनीले बाध्यकारी परिस्थितिले गर्दा सिरिज रोक्नु परेको बताए। उनले भनेका छन्, ‘हामीले अस्ट्रेलियाविरुद्ध सामना गर्ने कुराले निकै खुशी थियौं। हामी नयाँ खेल तालिका निकाल्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।