काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक अन्तर्गत मंगलबारको बैठक सकिएको छ। आजको बैठकमा १८ जना सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिल्यै तोकिएका एजेन्डाभन्दा बाहिर गएर आज नयाँ दुई एजेन्डामा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको उनले बताए।
आज धारणा राख्ने सदस्यहरुमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत रहेका छन्।
बैठक भोलि ११ बजे बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।