काठमाडौं– दाङकाे शान्तिनगर गाउँपालिका २ का वडाध्यक्षमाथि एक समूहले कुटपिट गरेको छ। वडा कार्यालयमा काम गरिरहेकै अवस्थामा मंगलबार बिहान ११ः३० बजे वडाध्यक्ष फर्साराम डांगीमाथि एक समूहले आक्रमण गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डांगीले जानकारी दिए।
सात जनाको समूहको कुटपिटबाट वडाध्यक्ष डांगीको बाँया हात र खुट्टा भाँचिएको गाउँपालिकाका अध्यक्ष डांगीले बताए। आक्रमणकारीले डांगीलाई रडले प्रहार गरेको उनले बताए। घाइते डांगीको अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल पठाएको उनले बताए।
कुटपछि उक्त समूहले पर्चासमेत छरेको थियो। उनीमाथि विकास निर्माणका कार्य, वन, स्कुलका कर्मचारी मनोनयनमा आफ्ना मान्छे भर्ना गरेको आरोप लगाइएको छ। कुटपिटपछि उक्त समूह भागेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।