काठमाडौं– नेपालका ७ जिल्लामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश २ का रौतहट, महोत्तरी र सर्लाही, प्रदेश ५ का कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा ५ सय भन्दा बढी संक्रमित देखिएका छन्।
हालसम्म रौतहटमा एक हजार ३ सय ३५ जना, महोत्तरीमा ६ सय ७४, सर्लाहीमा ६ सय ५२, कपिलबस्तुमा ७ सय ४५, दाङमा ५ सय ९०, कैलालीमा ५ सय ७३ र दैलेखमा ७ सय ६१ जनामा संक्रमण देखिएको छ।
नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।